सशस्त्र वन गस्ती टोलीद्वारा ३ जना शिकारी पक्राउ


सुरेश बिडारी,
सर्लाही,वैशाख २८ ।

सर्लाहीको मुर्तिया जङ्गलबाट सशस्त्र वन गस्ती टोलीले ३ जना सिकारीलाई पक्राउ गरेको छ । घुर्कोली गाविस–९ बस्ने २४ वर्षका नरेन्द्र तामाङ, ३६ वर्षका सोनाम घिसिङ, ४६ वर्षका वीरबहादुर पाख्रीनलाई गस्ती टोलिले पक्रेको हो । हतियारसहित शिकारका लागि मुर्तिया जङ्गलमा छिरेका ४ जना मध्ये एक जना सशस्त्र टोलीलाई छलेर भागेका छन् । तीन थान खुकुरी, १ डिब्बा १ सय ५० ग्राम बारुद, बेरिङ बल ५ थान, बन्दुकको क्याप ४ थानसहित उनीहरुलाई पक्राउ गरिएको ईलाका वन कार्यालय मुर्तियाका प्रमुख भैरव घिमिरेले जानकारी दिनुभयो ।

 त्यस क्षेत्रमा एक महिना भित्रमा दुईवटा बँदेल, एक÷एक वटा निलगाई र चित्तल शिकारीले मारेपछि गस्ती टोलीले निगरानी बढाएको घिमिरेले  बताउनुभयो । वन गस्ती टोलीका कमान्डर धुब्र कट्वाल, नेपाल प्रहरीका हवल्दार सर्फलाल यादव सहितको टोलीले शिकारीलाई पक्रेको हो । बरामद गरिएको सामानसहित पक्राउ परेका तिनै जनालई थप कारबाहीका लागि ईलाका प्रहरी कार्यालय बरहथवा पठाइएको छ । 

Related

विविध 3675869617659081730

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item