नेपाल मलेसियासँग ६ विकेटले पराजित



काठमाडौं, २८ वैशाख ।

१९ वर्ष मुनिकाको एसीसी एलिट कप क्रिकेट अन्तरगत आज तेस्रो स्थानको लागि भएको खेलमा नेपाल पराजित भएको छ । १ सय १९ रनको योगफल तयार पारेको नेपाल घरेलु टोली मेलेसियासँग ६ विकेटले पराजित भएको हो । पहिला व्याटिङ गरेको नेपालले ४४ ओभरमा सवै विकेट गुमाएर १ सय १८ रन बनाएको थियो । १ सय १९ रनको लक्ष्य पच्छ्याएको मलेसियाले ३८ दशमलव ३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

 नेपालका अमित श्रेष्ठले ३२, हरिशंकर साहले २५, निर्मल थापाले १२ रनको योगदान गरेका थिए । यसअघिका खेलमा नेपालले मलेसिया, कुबेत, बहराईन र कतारलाई हराए पनि हिजो भएको सेमिफाईनलमा युएईसँग पराजित हुन पुगेको थियो । आज मलेसियासंगको पराजयपछि नेपालले एलिट कपको चौथो स्थानमै चित्त बुझाउनु परेको छ ।

यसैविच एलिटकप क्रिकेट प्रतियोगिताको उपाधि भने अफगानिस्तानले जितेको छ । मलेसियामा विहान सकिएको फाईनल खेलमा युएईलाई १० विकेटले पराजित गर्दे अफगानिस्तानले उपाधि जितेको हो ।

Related

प्रमूखखबरहरु 5625022202207796105

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item