आदीवासी जनजाती महासंघको महाधिवेसन चितवनमा

http://sindhulidarpan.blogspot.com/2013/05/news_11.html
चितवन,वैशाख २८ ।
नेपाल आदिवासी जनजाती महासंघको आठौं राष्ट्रिय महाधिवेशन आजबाट चितवनमा सुरु हुँदैछ । भरतपुरको वीरेन्द्र वहुमुखी क्याम्पस परिषरमा हुने महाधिवेशनको उपराष्ट्रपति परमानन्द झाले उद्घाटन गर्ने कार्यक्रम छ । २३ वर्षपछि पहिलो पटक राजधानी बाहिर आयोजना गर्न लागिएको महाधिवेशनको उद्घाटन सत्रमा एक लाख सर्वसाधरण उतार्ने महासंघले जनाएको छ । महाधिवेशनको उद्घाटन शत्र भरतपुरमा भएपनि बन्द शत्र आईतवार र सोमवार सौराहामा हुनेछ ।
देशभरवाट पाँच सय प्रतिनिधी महाधिवेशनमा सहभागी हुनेछन् । हिमाली चार वटा बाहेक ७१ जिल्लामा आफ्नो शाखा रहेको महासंघले जनाएको छ । महाधिवेशनमा प्रमुख दलका शीर्ष नेताहरुलाई नवोलाईए पनि एकीकृत नेकपा माओवादीका नेता वर्षमान पुन, नेकपा माओवादीका महासचिव रामवहादुर थापा, संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राईलगायतका नेतालाई भने बोलाईएको छ । संविधानसभा बिघटन गर्नुमा प्रमुख चार शक्ति जिम्मेवार भएकाले शीर्ष नेताहरुलाई वोलाउनुको अर्थ नरहेको अध्यक्ष राजकुमार लेखीले बताउनुभयो । तीन दिनसम्म चल्ने महाधिवेसन नयाँ नेतृत्व चयन गर्दै सकिने छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !