‘गल्ती भयो माफ गर्नुस्’:सुशील कोइराला
http://sindhulidarpan.blogspot.com/2013/05/news_10.html
काठमाडौं, वैशाख २७ ।
कांग्रेसका सभापति सुशील कोइरालाले पूर्वमुख्य सचिव लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुख बनाउने निर्णय गलत भएको स्वीकार्दै माफी मागेका छन् । वीपी चिन्तन प्रतिष्ठानले शुक्रबार कीर्तिपुरमा आयोजना गरेको कार्यक्रममा सभापति कोइरालाले विवादित छविका कार्कीलार्ई अख्तियार प्रमुखमा सिफारिस गर्दा आफू चुकेको उल्लेख गरे ।‘हामी चुकेकैं हौं, सभापति कोइरालाले,’ भने, ‘हामीबाट गल्ती भयो माफ गर्नुस् ।’ उनले कार्की प्रकरणबाट नेतृत्वले पाठ सिकेको बताए । ‘आगामी दिनमा यस्ता त्रुटीहरु दोहोरिने छैन,’ उनले भने । उनले आगामी संविधानसभा निर्वाचनमा पार्टीलाई विजय बनाउन कार्यकर्तालाई निर्देशन समेत दिए । चार दलीय संयन्त्रबाट कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नियुक्तिका लागि सिफारिस गरेपछि अहिले पार्टीभित्रैबाट उनको आलोचना भईरहेको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !