शौचालय नबनाए सरकारी सुविधावाट वञ्चित गराईने : खड्का

अञ्जु तामाङ,
सिन्धुली,वैशाख २७ ।

“बाल विकास केन्द्रका सहयोगी सहजकर्ताहरुको लागी” बाल केन्द्रित विपत व्यवस्थापन दुईदिने तालिम आजदेखि सिन्धुलीमाढीमा सुरु भएको छ । तालिमको उद्दघाटन सभालाई सम्बोधन गर्दै उद्दघाटन कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी तथा विपत व्यवस्थापन समिति सिन्धुलीका अध्यक्ष केशवराज आचार्यले अवोध बालबालिकाहरु काचो माटो भएकाले उनिहरुजस्तो वातावरणमा हुर्के त्यही व्यवहारहरु भोलिका दिनमा सिक्दैजाने र लागु गर्ने भएकाले बालबालिकाहरुलाई सानै देखि आफ्नो घर तथा विद्यालयमा राम्रो कुरा सिकाउनु जरुरी रहेको बताउनुभयो । त्यस्तै आचार्यले विपत जहाँ जतिखेर अउने भएकाले यसमा मानिस आफै सजक हुनुपर्ने धारणा राख्नुभयो । अहिले गर्मियामको बेलामा तराईका क्षेत्रहरुमा आगोलागि हुनुमा ९०  प्रतिशत बालबालिका भएको कारणले यस्तो कुराको जानकारी आफ्नो अविभावकहरुले जानकारी गराउनुपर्ने बताउनुभयो । त्यस्तै  उद्दघाटन सभालाई सम्बोधन गर्दै स्थानिय विकास अधिकारी ध्रुव वहादुर खडकाले गर्भवति आमालाई समय समयमा स्वास्थ्य चौकिमा लगि स्वास्थ्य परिक्षण गराउने हो भने बाल विपत कम हुने तर हाम्रा समाजमा जानकारी भएरपनि लागू नगरेको अवस्था रहेको हुँदा विपत बढि निम्तिने गरेको वताउनुभयो । त्यस्तै अर्को प्रसंगमा शरकारी कर्मचारीहरुले आफ्नो घरमा चर्पी छ भन्ने प्रमाण जिल्ला विकास समितिमा पेश नगरेसम्म पाउने विभिन्न सेवा सुविधाबाट जेष्ठ महिनादेखि बन्चित गराईने खडकाको भनाई छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुलीका सभापति अशोक श्रेष्ठको सभापतित्वमा भएको  कार्यक्रममा सहभागिहरुलाई स्वागत मन्तव्य रेडक्रसका कोषाध्यक्ष सकुन्तला श्रेष्ठले गर्नु भएको थियोे भने कार्यक्रमको लक्ष र उद्देश्यबारेमा प्लान नेपाल सिन्धुलीका शिक्षा तथा विपत व्यवस्थापन संयोजक आत्माराम भट्टराईले प्रष्ट्याउनुभएको थियो ।

उद्घाटनमा जिल्ला शिक्षा कार्यलय सिन्धुलीका विद्यालय निरिक्षक नवराज दहाल, समाजसेवी रामबहादुर हायु, रेडियो सिन्धुलीगढीकी अञ्जु डिम्दोङ तामाङ, जिल्लाका विभिन्न सरकारी तथा गैर सरकारी संघ–सस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । दुईदिन सम्म सञ्चालन हुने पहिलो दिनको तालिममा विपत अवधारणा व्यवस्थापन प्रक्रिया र खतराको पहिचान  अन्र्तगत विपत परिभाषा र प्रकार विपत व्यवस्थापन र चक्र रोकथाप तथा न्युनिकरण लगाएत खतराको बुझाई तथा परिभाषको बारेमा जानकारी गराईनेछ । दुई दिने तालिममा कमलामाई नगरपालिका वडा नं. १० देखि १८ सम्मका र महादेवस्थान, डाडिगुराँसे, रानिवासलगाएत ५ वटा गाविसका  बालविकास केन्द्रका १८ जना सहयोगीहरुको सहभागिता रहेको तालिमको  सहजिकरण नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुलीका सभापति अशोक श्रेष्ठ र पवन पाख्रिन तामाङ, कालिदास श्रेष्ठ, दिपनारायण श्रेष्ठले  गरिरहनुभएकोछ ।

Related

स्थानिय 5590185117806947871

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item