चुम्वन गर्दा डिएनए सर्ने

http://sindhulidarpan.blogspot.com/2013/05/interesting.html
- चुम्वन गर्दा ब्याक्टेरिया ¥याल मात्रे होइन् केही जेनिटिक तत्व पनि सर्ने एक खोजमा खुलासा गरिएको छ । चुम्वन गर्दा डिएनए सर्ने वैज्ञानिकहरुले बताएका छन्, एक घण्टासम्म चु्म्वनकर्ताको मुखमा डिएनए रहिरहने बताइएको छ । यो खोजका कारण कसैले जबरजस्ती चुम्वन गरेमा त्यसको पनि प्रमाण जुटाउन सकिने भएको छ । स्लोभाकियाको कोमेनियस विश्वविद्यालयमा नाटालियरा कमोडयोभा र उनका साथीहरुले यो खोज गरेका थिए ।
उनीहरुले १२ जोडी युवा युवतलाई चुम्वन गर्न लगाएर यसको पुष्टी गरिएको हो। युवायुवतीहरुलाई २ मिनेट सम्म चुम्वन गर्ने लगाएपछि उनीहरु स्यालिभा परिक्षण गरिएको थियो । ¥याललाई ५, १०, ३० र ६० मिनेटमा लिइएको थियो । यो प्रविधिबाट महिलाको मुखमा पुरुषको डिएनएमात्र परिक्षण गर्न सकिने नाटालियाले बताएकी छिन् किनभने यो परिक्षण वाइ क्रोमोजोमको खोजीमा निर्भर रहन्छ । यो खोजका अनुसार चुम्वन गरेको १ घण्टासम्म महिलाको ¥यालमा पुरुषको डिएनए रहिरहन्छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !