आयात ब्यापार खुलाउने विषयमा आज पनि वार्ता हुने, करोडौँको राजस्व घाटा


प्रकाश सुन्दास, 
काभ्रे,जेठ ६ ।
चीनसँग नेपालको प्रमूख ब्यापारीक उत्तरी नाका सिन्धुपाल्चोकको तातोपानीबाट आयात   ब्यापार सुचारु गर्नेबारे आज पनि वार्ता हुने भएको छ । हिजोको वार्ता बिना निष्कर्ष टुंगिएपछि आज विहान ११ बजेपछि वार्तामा बस्ने तयारी भइरहेको नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष नीलकण्ठ चौलागाईले जानकारी दिनुभयो । खासा क्षेत्रमा सञ्चालित ट्रान्सपोर्ट कम्पनीहरुले ढुवानी भाडा र कुल्ली ज्याला बढाएपछि विरोध स्वरुप गएको बैशाख २९ गते देखि नेपाली ब्यापारीहरुले नाकाबाट हुने सबै किसिमका आयात ब्यापार ठप्प पारेका छन् । 

 ट्रान्सफोर्ट कम्पनीले प्रतिगाडी १५ हजार ७ रुपैयाँ रकम असुल्ने निर्णय गरेपछि नेपाल हिमालय सीमापार वाणिज्य संघ, नेपाल ट्रक कन्टेनर ब्यवसायी संघ र नेपाल चीन ढुवानी संघले नाकामा आन्दोलन गरिरहेका छन् । ब्यापारीहरुले अतिरिक्त शुल्कको नाममा अनावश्यक झन्झट दिएर नेपाली ब्यापारीसँग रकम असुल्ने कार्य बन्द गर्न र बढाइएको शुल्क तत्काल फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने बताएका छन् । आयात ब्यापार बन्द भएपछि तातोपानी भन्सार कार्यालयले करोडौँ राजस्व घाटा ब्यहोरेको छ । भन्सार यार्ड पुरै खाली रहेको भन्सार कार्यालयले जनाएको छ । उत्तरी नाका तातोपानी भन्सार कार्यालयबाट दैनिक दुई करोड भन्दा बढी राजस्व संकलन हुने गरेको छ ।

Related

विविध 7817888400103785085

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item