सचारंकर्मी माथी दुब्र्यबहार: दृश्य खिच्न रोक

http://sindhulidarpan.blogspot.com/2013/05/journalist_20.html
महोत्तरी,जेठ ६ ।
महोत्तरी सदरमुकाम स्थित जलेश्वर कारागारको अवस्था बारे आज दृश्य खिच्न कारागार पुगेको माउन्टेन टिभी का महोत्तरी संबादातालाई प्रहरीले दुब्यबहार गरेको छ । जलेश्वर कारागारको अवस्थाको बिषयमा दृश्य खिच्न जेलर सोभेन्द्र ठाकुर संग अनुमती लिएर दृश्य खिचिरहेका संबाददाता बिक्रम रौनियारलाई कारागारमा खटिएका प्रहरीले त को होस फोटो किन खिचेको भन्दै क्यामेरा खोसेका थिए । आफु पत्रकार भएको र कारागार प्रमुख संग अनुमती लिएर आफुले दृश्य खिचेको बताउन नपाउदै चारपाँच जना प्रहरीले क्यामेरा खोस्नुका साथै दृश्य डिलिट गर्न दबाब दिएका थिए ।
जेलर सोभेन्द्र ठाकुर संग अनुमती मागेर मात्र कारागारको दृश्य लिएको बताउदा समेत प्रहरीले तथानाम गाली समेत गरे । कारागारको दृश्य लिने बिषयमा प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले कारागारको बाहीरी अबस्था बारे खिच्न पाईने स्विकृती समेत दिएका थिए । प्रहरी सहायक निरीक्षक हरी बहादुर श्रेष्ठको नेतृत्वमा कारागार सुरक्षार्थ खटिएका प्रहरीले माथीको आदेश भन्दै दृश्य खिच्न रोक लगाउनुका साथै संचारकर्मी (बिक्रम रौनियार) माथी दुब्यबहार गरेका हुन् ।
यस बिषयमा जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक पवन खरेललाई घटनाको बिषयमा तत्काल जानकारी गराउदा जिल्ला प्रहरी कार्यालयाबाट दिपेन्द्र झाको नेतृत्वमा तल्काल प्रहरी पठाईएको थियो । संचारकर्मी माथी भएको दुब्यर्बाहारको घटनाको बिषयमा जिल्ला प्रशासन कार्यालय मै पुगेर प्रमुख जिल्ला अधिकारी थपलिया जानकारी गराउदा समेत आफु जिल्लामा नयाँ आएको कारागारको अबस्था रामा्रे संग थाहा नभएकोले भन्दै तपाईलाई खिच्न नदिएकै हो भन्ने प्रतिकृया दिए । म बुझ्छु अर्को चोटी आउनुस् तपाई म संगै गएर खिचैला भन्दै सुरुमै अप्ठारोमा नपार्न प्रजिअ थपलियाले भने । सा्रेतका अनुसार जिल्ला सुरक्षा समितीको बैठकले महोत्तरी कारागारबाटै अपराधिक कृयाकलाप बढ्न थालेपछी र त्यसमा कारागार प्रशासनको मिलेमतो रहेको खबर सार्बजनिक भएपछी कारागारको दृश्य खिच्न रोक लगाएको बुझीएको छ । महोत्तरी केही दिन अघि प्रहरीको बिशेष टोलीले नक्कली नोट बरामद गर्नुका साथै पंकज यादबको अपहरण गरी हत्या गरीएको योजना समेत कारागारबाटै बनेको प्रहरीको प्रतिबेदनमा उल्लेख छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !