राजसंस्था पक्कै आउँछ : अध्यक्ष थापा




बुटवल,  जेठ ६ ।  

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले फरक स्वरुपको राजसंस्था पुनःस्थापित हुने दावी गरेका छन् । ‘पुनःस्थापित हुने राजसंस्थाको स्वरुप फरक हुन्छ,’ उनले भने, ‘अब पुनःस्थापित हुने राजसंस्था संविधानको मातहत र संसदीय नियन्त्रणमा रहने छ ।’

बुटवलमा आज  सञ्चारकर्मीसँग कुरागर्दै उनले मुलुकलाई नयाँ स्वरुपको राजसंस्था आवश्यक रहेको बताए । अध्यक्ष थापाले राप्रपा र राजपाले बैचारिक रुपमा मृत्यूवरण गरेको आरोप लगाए । ‘राप्रपा र राजपामा कुनै बैचारिक धरातल छैन,’ उनले भने, ‘एकीकृत राप्रपा प्राण नभएको शरीरको रुप हो ।’

 यसैबीच, राप्रपा नेपालका अध्यक्ष थापाले चार दलीय उच्चस्तरीय राजनीतिक समिति खारेज गर्न माग गरे । उनले समिति खारेज नहुँदा सम्म मुलुकमा निष्पक्ष निर्वाचन हुन नसक्ने बताए ।

Related

राष्ट्रिय 5096169204658510945

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item