रामेछापमा ७८ स्वस्थ्यकर्मीको दरबन्दी रिक्त


रघुनाथ बजगांई,
रामेछाप,बैशाख २४ ।

रामेछाप जिल्ला स्वस्थ्य अस्पतालमा एक वर्षदेखि रिक्त रहेको स्वास्थ्यकर्मीको पदपुर्ति नहुँदा उपचारमा निकै समस्या देखिएको छ । जिल्लामा अहिले ७८  दरबन्दी रिक्त रहेको पाइएको छ । जिल्लाभरमा २३ जना हेल्थ असिस्टेन्टमा ११ जना रहेका छन् भने अहेबमा ३७ वटा दरबन्दी खाली भएको छ । 

त्यसैगरी ल्याब टेक्निसियनलगायतको दरबन्दी पनि खाली हुँदा उपचार सेवा लिन समस्या भएको स्थानीयबासिन्दाले बताएका छन् । रामेछाप जिल्ला स्वस्थ्य अस्पतालअन्र्तगत दोभान, गागल भदौरे, माकादुम, डडुवा, सुनारपानी, सालु, गुप्तेश्वरलगायल ठाउँमा रहेका उपस्वास्थ्य चौकीहरु सवास्थ्य चौकीमा रुपान्तरण भएका छन् ।

Related

विविध 5294019406007974204

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item