कार्कीको सिफारिस बदर गर्न माग गर्दै विरोध जारी

http://sindhulidarpan.blogspot.com/2013/05/lokman.html
काठमाण्डौ,बैशाख २४ ।
लोकमान सिंह कार्कीको नियुक्तिको सिफारिस अनुमोदन नगर्न माग गर्दै आज पनि बिहानैबाट प्रदर्शन सुरु भएको छ । विभिन्न १३ विद्यार्थी संगठनले बिहानैदेखि काठमाण्डुका क्याम्पस अगाडी चक्काजाम गरेका छन् । जनआन्दोलनका विरोधीका रुपमा रहेका कार्कीलाई अख्तियार प्रमुखमा सिफारिस गरेर लोकतन्त्रको उपेक्षा गरेको भन्दै विभिन्न दलका भ्रातृ संगठनले आन्दोलन सुरु गरेका छन् । आज बिहान ८ देखि १० बजेसम्म दुईघण्टा उपत्यकाका सबै क्याम्पस अगाडी चक्काजाम र प्रदर्शन गर्ने नेविसंघका प्रवक्ता युपी लामिछानेले जानकारी दिनुभयो ।
आजै १३ विद्यार्थी संगठनले राष्ट्रपतिलाई भटेर ध्यानाकर्षणपत्र बुझाउने पनि बताएका छन् । पेशागत महासंघले पनि आज बबरमहलमा जम्मा भएर विरोध जनाउने बताएको छ । हिजोदेखि नागरिक समाज, दलका नेता, विद्यार्थी युवा संगठन आन्दोलनमा उत्रिएका छन् भने एमालेले हिजो नै सिफारिस अनुमोदन नगर्न राष्ट्रपति कार्यालयमा दवावपत्र बुझाएको छ । संवैधानिक परिषदको बैठकले अख्तियारमा कार्कीसहित लोकसेवा आयोगमा कयोदेवी यमी, महालेखा परिक्षकको कार्यालयमा भानुप्रसाद आचार्यलाई सिफारिस गरेको छ । राष्ट्रपति कार्यालय अनुमोदन गर्नुअघि सिफारिसका विषयमा अध्यन गरिरहेको छ । संविधान, कानुनी मापदण्ड, रायमाझी आयोगको प्रतिवेदन, विरोधमा उठेका आवाज सबैलाई मध्यनजर गरेर अनुमोदनका विषयमा निर्णय लिने राष्ट्रपति कार्यालयले जनाएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !