वसको ठक्करबाट दुई जनाको मृत्यु

चितवन, बैशाख २४ ।
पुर्वी चितवनको विरेन्द्रनगरमा गएराती वसको ठक्करबाट मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनको भण्डारा २ का ४७ वर्षिय पुर्ण विक र भण्डारा ७ का ५० वर्षिय सुकराम चौधरी रहेको इलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी नायव निरीक्षक लालकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

 पुर्व पश्चिम राजमार्ग अन्र्तगत विरेन्द्रनगरको खुरखुरेमा नेपालगञ्ज जान आउँदै गरेको ना ३ ख ७९६१ नम्वरको वसले विपरित दिशातर्फ जाँदै गरेको ना ११ प ४५२३ नम्वरको मोटरसाईकललाई राती १० वजेतिर ठक्कर दिएको थियो । वसको ठक्करबाट घाईते भएका दुवै जनाको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने वस र चालक प्रहरीको नियन्त्रणमा छ ।

Related

विविध 234881572803211013

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item