थमन–महेश स्मृति पत्रकारिता पुरस्कार बराललाई

http://sindhulidarpan.blogspot.com/2013/05/prize.html
पोखरा, बैशाख २४ ।
क्रान्तिकारी पत्रकार संघ, नेपाल कास्की शाखाद्धारा स्थापित तथा संचालित ‘थमन–महेश स्मृति पत्रकारिता पुरस्कार २०७०’ पहिलो पटक बरिष्ठ पत्रकार कोमल बराललाई अर्पण गरिने भएको छ । पुरस्कार छनौट समितिको सिफारिसमा क्रान्तिकारी पत्रकार संघ कास्कीको हिजो बसेको बैठकले बराललाई पुरस्कार अर्पण गर्ने निर्णय गरेको हो । नगद २५ हजार दुइ रुपैयाँ र सम्मान पत्र सहितको पुरस्कार पत्रकार सहिद कृष्ण सेन इच्छुकको स्मृति दिवसको अबसरमा हुने बिशेष कार्यक्रममा आगामी जेठ १४ गते पोखरामा प्रदान गरिने क्रान्तिकारी पत्रकार संघ कास्कीले जनाएको छ । यो पुरस्कार हरेक बर्ष दश बर्षदेखि जनपक्षिय पत्रकाारिता गर्दै आएका पत्रकारलाई प्रदान गर्ने संघले जनाएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !