भाइरल फिवरका विरामी बढे

http://sindhulidarpan.blogspot.com/2013/08/sindhuli_27.html
मिनकुमार दाहाल, सिन्धुली, भदौ ११ ।
सिन्धुलीमा भाईरल फिवरका विरामीको सख्या वढेको छ । जिल्ला अस्पताल सिन्धुलीमा उपचार गराउने आउने अधिकांस विरामीहरुमा भाइरल फिवरको लक्षण भेटिने गरेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
सिन्धुली अस्पतालमा उपचार गराउन आएका विरामी मध्ये दैनिक सत्तरी देखी एक सय विरामीमा भाइरल फिवर संक्रमित विरामीहरु आउने गरेको सिनियर अनमी मिना तामाङ्गले जानकारी दिनुभएको छ । भदौ महिना लागे पछि अस्पतालमा भाईरल फिवरका विरामीको संख्या ह्वातै वढेको उहाँको भनाई छ ।
भाइरल फिवर ज्वरोका कारण अस्पतालका सवै शैया भरि भराउ छन् । अस्पतालमा भाइरलका दैनिक विरामी आउने भर्ना हुने र उपचार पछि घर जाने क्रमनै चलेको छ अनमी तामाङ्ग वताउनु हुन्छ ।

कमलामाई नगरपालीका–४ गैयाँटारका उत्तम तिम्मलसिना छोरालाई ज्वरो आएको सात दिन भै सक्दा पनि निको नभए पछि अस्पतालमा उपचारको लागी ल्याएको वताउनु हुन्छ । चिकित्सकले वच्चालाई भाइर ज्वरो भएको तिम्मलसिनाले वताउनुभयो ।
मौषम परिवर्तन र फोहोर पानीको कारण भाइरल फिवर ज्वरो फैलने गर्दै छ । भाइरल फिवर चाडै सर्ने सरुवा रोग भएकोले अस्पतालमा विरामीको संख्या वढ्दै गएको डा छविलाल थापामागरको भनाई छ ।
विरामीको शरिरमा हल्का ज्वरो आउने,रुघा खोकी लाग्ने,टाँउको दुख्ने,आँखा पोल्ने भाइरल फिवरको लक्षण भएको डाक्टर थापामगरले वताउनुभयो । फोहोर पानीको कारण हुने भाइरल फिवर ज्वरो लाग्ने भएकोले वर्षादको पानी उमालेर मात्र पिउन डाक्टर थापाले सवैलाई अनुरोध गर्नुभएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !