नागरिक वडा पत्रमा नागरिक नै अनभिज्ञ

http://sindhulidarpan.blogspot.com/2013/09/news_29.html
पोष्टराज पहाडी,सिन्धुली, असोज १३ ।
सरकारी कार्यालयहरुमा राखिने नागरिक वडा पत्रका विषयमा सिन्धुलीका नागरिक नै अनभिज्ञ रहेको एक अध्ययनले देखाएको छ । अध्ययनका अनुसार सिन्धुलीका ५४ प्रतिशत सर्वसाधरणलाई नागरिक वडा पत्रका विषयमा थाहा नै छैन ।
सिन्धुलीमा अहिलेसम्म ५४ प्रतिशत सर्वसाधारणहरुलाई नागरिक वडा पत्रको वारेमा नै थाहा छैन’, नेपाल सरकार राष्ट्रिय सर्तकता केन्द्र काठमाडौले तीन दिन सम्म गरेको अनुगमन पश्चात सर्तकता केन्द्र काठमाडौकी लेखा अधिकृत लक्ष्मीदेवि रेग्मी रिजालले शुक्रबार सिन्धुलीमाढीमा आयोजित भ्रष्टचार नियन्त्रण हाम्रो साझा दायित्व विषयक गोष्ठीमा सार्वजनिक गरिएको प्रतिवेदनमा भनिएको छ – अहिलेसम्म यहाँका ४६ प्रतिशत सर्वसाधारणहरुलाई मात्र नागरिक वडा पत्रको वारेमा थाहा भएको पाइएको छ ।’
प्रस्तुत प्रतिवेदनमा वढी सर्वसाधारणहरु कामका लागि आउने जिल्ला विकास समिति र जिल्ला प्रशासन कार्यालयको वडा पत्र नै सर्वसाधारणहरुले नदेख्ने ठाउँमा राखिएको जनाईएको छ । आफ्नो कार्यालयले प्रदान गर्ने सेवाका विषयमा सर्वसाधरणलाई जानकारी गराउने उदेश्यका साथ राखीने वडा पत्र सर्वसाधारणले हेर्दिन भन्दा पनि देखिने ठाउँमा राख्नुपर्ने प्रावधान रहेको छ । कतिपय अरु सरकारी कार्यालयको वडापत्र पनि सेवाग्राहीहरुले नदेख्ने ठाउँमा राखिएको पाईएको प्रतिवेनमा उल्लेख गरिएको छ ।
सिन्धुलीमा सरकारी कार्यालयहरुको छड्के अनुगमनको क्रममा कर्मचारीहरुले सरकारले दिएको ड्रेस पनि लगाउने नगरेको पाईएको र सार्वजनिक सुनुवाईको वारेमा पनि धेरै सर्वसाधारणहरुलाई थाहा नभएको प्रतिवेदनमा जनाइएको छ ।
उक्त कार्यक्रममा नेपाल सरकार राष्ट्रिय सर्तकता केन्द्र काठमाडौका सह सचिव कृष्ण प्रसाद पौडेलले भ्रष्टचार नियन्त्रण हाम्रो साझा दायित्व विषयको कार्यपत्र प्रस्तुत गरेका थिए । भ्रष्टाचारको विरोध सवैले गरिरहेका हुन्छन् तर व्यवहारमा भने भ्रष्टाचारलाई प्रोत्साहन दिईरहेको कार्यपत्रमा उल्लेख गरिएको छ । भ्रष्टाचारको कारण सार्वजनिक निकाय प्रति सर्वसाधारणहरुको आस्था घट्ने क्रममा रहेको समेत कार्यक्रपत्रमा उल्लेख छ । कार्यक्रपत्र प्रस्तुत गर्दै पौडेलले भ्रष्टाचारलाई नियन्त्रण गर्नको लागि सदाचारीलाई सम्मान र पुरस्कार गर्नुपर्ने वताउँदै भ्रष्टाचारीलाई कार्वाही गर्नुपनुपर्ने वताउनुभयो । आफ्नो निकायमा भ्रष्टाचार भएको छ भने विरोध गर्नुपर्ने उहाँको भनाई छ ।
गोष्ठिमा वोल्दै सह सचिव पौडेलले भ्रष्टाचार न्युनिकरण गर्नको लागि नागरिकहरुले पनि नयाँ आन्दोलनको थालनी गर्नुपर्नेमा जोड दिनुभयो । भ्रष्टाचारवाट आर्जन गरेको पैसा १० वर्षसम्म मात्र टिक्ने वताउदै पौडेलले जस्तो विउ रोप्यो तेस्तै फल लाग्ने भएकाले भोली भ्रष्टाचार गर्नेको सन्तान पनि भ्रष्टाचारी नै हुने वताउनुहुन्छ ।
नेपाल सरकार राष्ट्रिय सर्तकता केन्द्र काठमाडौको आयोजना तथा जिल्ला प्रशासन कार्यालय सिन्धुलीको आयोजनामा भएको कार्यक्रममा सहभागिहरु भने केन्द्रमा नै वढी भ्रष्टाचार हुने गरेको भन्दै केन्द्र देखि नै भ्रष्टाचारको नियन्त्रण गर्नुपर्ने वताएका छन् । गोष्ठीमा एकिकृत नेकपा माओवादी, नेकपा माओवादी, नेपाली काङग्रेस, संघिय लोकतान्त्रिक मन्च लगाएतले सुशासन प्रवद्र्धन तथा भ्रष्टाचार नियन्त्रण गर्न प्रतिवद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा भ्रष्टाचार नियन्त्रणका लागि राष्टिय सर्तकता केन्द्र सम्पति विवरण सम्वन्धी कानु प्रावधानको विषयमा नेपाल सरकार राष्टिय सर्तकता केन्द्र काठमाडौका शाखा अधिकृत लक्ष्मी वस्नेत थापाले जानकारी गराएकी थिइन ।
प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका विभिन्न राजनितिक दलका प्रतिनिधिहरु, सरकारी कार्यालयका प्रमुखहरु, नागरिक समाज, लगाएत पत्रकारहरुको सहभागिता रहेको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !