मंसिर ४ मा नै चुनाव :प्रचण्ड

http://sindhulidarpan.blogspot.com/2013/09/sindhuli_18.html
नबिनबाबु अधिकारी, सिन्धुली,असोज २ ।
एकिकृत नेकपा (माओवादी)का अध्यक्ष प्रचण्डले देश निर्वाचनमा गई सकेकोले अब दोस्रो संविधान सभाको निर्वाचन मंसिर ४ मा नै हुने वताउनु भएको छ । आज क्रान्तिकारी पत्रकार संघ सिन्धुलीले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले मंसिर ४ मा हुने दोस्रो संविधान सभाको निर्वाचनमा बैद्य समुहलाई ल्याउन प्रयत्न भई रहेको र अहिले केहि विषयमा असहमतिका भएका कारण टुङगो नलागको र चाडै सहमति हुने विश्वास व्यक्त गर्नु भयो ।

उहाँले अबको निर्वाचनले परिवर्तनका पक्षधरलाई फाईदा पुग्ने वताउदै बैद्य माओवादी निर्वाचनमा नआए उनीहरुलाई नै घाटाहुने वताउनु भयो । बैद्य माओवादीहरु सँग पार्टी एकताको सम्भावना कतिको छ भन्ने पत्रकारहरुको प्रश्नमा अध्यक्ष प्रचण्डले “पार्टी फुट्नै हुदैन भन्ने पक्षमा हुदा हुदै पनि पार्टी फुटेकोले मंसिर ४ को चुनाव अगावै त पार्टी एकताको सम्भावना नभएको तर चुनावमा एलायन्स हुन सक्छ ।” भन्नु भयो ।
अहिले सिन्धुलीमाढीमा एकिकृत नेकपा(माओवादी)का नेता डा. बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र हरीवोल गजुरेल पनि सिन्धुलीमाढी आउनुभएको छ । एकिकृत नेकपा(माओवादी) सिन्धुली जिल्ला सम्मेलन आयोजक समितिले आयोजना गरेको कार्यकता प्रशिक्षणलाई सम्बोधन गर्न उहाँहरु सिन्धुली आउनुभएको हो । एक दिने प्रशिक्षणमा ७ सय अगुवा कार्यकता सहभागि भएको माओवादी सिन्धुलीले जनाएको छ । माओवादीका शीर्ष नेताहरु आजै काठमान्डौ जाने छन् ।

k guarantee cha ra?
ReplyDeletewww.gulmiresunga.com