तिन दलद्धारा उम्मेदवारी सिफारिस

मिनकुमार दाहाल, सिन्धुली, भदौ १९ ।

मंसिर चार गते हुने दोस्रो संविधान सभा निर्वाचनको लागी सिन्धुलीका तिन ठुला राजनितीक दल एकिकृत नेकपा माओवादी,नेपाली काँग्रेस र एमालेले आ–आफ्ना उम्मेदवारहरु को नाम केन्द्रमा सिफारिस गरेका छन् । तिन वटा निर्वाचन क्षेत्र रहेको सिन्धुली जिल्लामा एकिकृत नेकपा माओवादीले क्षेत्र नम्वर १ वाट लेखनाथ दाहाल (राजन) बलराम तिम्मलसीना र मोदनाथ तिम्मलसीको नाम सिफारिस गरेको छ । 


क्षेत्र नम्वर २ वाट एमाओवादीका पोलिट्व्युरो सदस्य हरिवोल गजुरेल, केन्द्रिय सदस्य गंगानारायण श्रेष्ठ तथा दिर्घराज श्रेष्ठको नाम उम्मेदवारीको लागी केन्द्रमा सिफारिस गरेको छ । त्यसै गरी सिन्धुली क्षेत्र नम्वर ३ वाट पोलिटव्युरो सदस्य हरिवोल गजुरेल, वसन्त माझी, एकवहादुर राना र सुरदवहादुर स्याङ्गतानको नाम सिफारिस गरेको छ ।

त्यसै गरी सिन्धुलीवाट नेपाली काँग्रेसले क्षेत्र नम्वर १ वाट प्रत्यक्ष तर्फ विपीन कोईराला, प्रेमचन्द्र दाहाल र विनोद गुरुङ्गको नाम सिफारिस गरेको छ । क्षेत्र नम्वर २ वाट पार्टी सभापती मोहन वराल, उज्ज्वल वराल र माणीक ढकाललाई सिफारिस भएको छ भने २ नम्वर वाट समानुपातीकमा नेपाल पत्रकार महासंघका पुर्व सभापति हरिहर विरहीलाई सिफारिस गरिएको नेपाली काँग्रेसका कोषाध्यक्ष सरद आचार्यले जानकारी दिनुभयो । त्यसै गरी काँग्रेसले क्षेत्र नम्वर ३ वाट दिपशिखा ढकाल,नरेन्द्र थापा तथा नवराज श्रेष्ठलाई सिफारिस गरेको छ ।
नेकपा एमालेले सिन्धुली जिल्लाका दुई वटा निर्वाचन क्षेत्रवाट संविधान सभा निर्वाचनको लागी उम्मेदवारहरुको नामावली केन्द्रमा पठाउन निर्णय गरेको छ । सिन्धुली क्षेत्र नम्वर २ वाट एमालेका महासचिव इश्वर पोखरेल, खड्ग खत्री, उमा कोइराला र भोजराज ढुङ्गेलको नाम सिफारि भएको छ । नेकपा एमालेका जनकपुर अन्चल संयोजक केशव देवकोटाको नाम सिन्धुली क्षेत्र नम्वर २ वाट सिफारिस भएन । 

यस अघिको संविधान सभाको निर्वाचनमा माओवादीका नेता सिपी गजुरेलसँग यही क्षेत्रवाट देवकोटाले चुनाब लडेर हारेका थिए । देवकोटाको घर पनि यही निर्वाचन क्षेत्रमा पर्छ । क्षेत्र नम्वर ३ वाट एमालेले कमलजंग राई,कौशल कोइराला र मिथिला प्याकुरेलको नाम सिफारिस गरेको छ । खराव मौषकको कारणले क्षेत्र नम्वर १ वाट भने गणेश पहाडी र राम कुमार कार्कीलाई पार्टीले सिफारिस गरेको छ । यसअघि सो क्षेत्रवाट निर्वाचन जितेका विषमलाल अधिकारी दनुवार भने छनोटमा परेका छैनन् ।

Related

प्रमूखखबरहरु 6257182365810277099

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item