ढुङ्गा सहित टिपर पक्राउ

http://sindhulidarpan.blogspot.com/2014/03/sindhuli_12.html
मिनकुमार दाहाल, सिन्धुली, फागुन २८ ।
प्रहरीले अनाधिकृत रुपमा सिन्धुलीको कमलाखोँच मा पर्ने कमला खोला र चुरे क्षेत्रवाट ढुङ्गा लैजाने ट्रिपरहरुलाई प्रहरीले पक्राउ गरी जिल्ला वन कार्यालयलाई जिम्मा लगाएको छ । कमलामाई नगरपालीका वर्डा नं.१० स्थित कमलाखोलाबाट अनाधिकृत रुपमा ढुङ्गा निकाली टिपरहरुमा लोड गरी अन्यत्र जिल्लाहरुमा गैरकानुनी तवरबाट निकासी गरीरहेको अबस्थामा प्रहरी नायक उपरिक्षक नरेन्द्र प्रसाद उप्रेती सहितको प्रहरी टोलीले ढुङ्गा सहित टिपर पक्राउ गरेको हो । ढुङ्गा सहितको ६ वटा टिपर र चालकलाई नियन्त्रणमा लिई जिल्ला वन कार्यालय सिन्धुलीमा आवश्यक कारवाहीको लागी बुझाईएको डिएस्पी नरेन्द्र उप्रेतीले जानकारी दिनुभयो ।

अवैध रुपमा कमलाखोला तथा चुरे क्षेत्रवाट अन्यत्र जिल्ला ल्यैजाने क्रममा पक्राउ पर्नेहरुमा ना ३ ख.६४९६ नं.को ढुङ्गा लोड सहितको टिपर र चालक जिल्ला धनुषा गा.वि.स. ढल्केवर वार्ड नं.६ मा बस्ने बर्ष ३० का सेरसिंह लामा रहेका छन । यसै गरीना.३.ख.६७७९को ढुङ्गा लोड सहितको टिपर र चालक जिल्ला धनुषा गा.वि.स. ढल्केवर वार्ड नं. ६ मा बस्ने बर्ष २२ को सुनिल लामा छन । त्यसै गरी ना.३.ख.६४९८नंको ढुङ्गा लोड सहितको टिपर र चालक जिल्ला धनुषा गा.वि.स. ढल्केवर वार्ड नं.४ मा बस्ने बर्ष २२ को कमानसिंह लामा,ना ३ख ८८०४ नं.को ढुङ्गा लोड सहितको टिपर र चालक जिल्ला धनुषा गा.वि.स. ढल्केवर वार्ड नं.१ मा बस्ने बर्ष २३ को राजेश भुजेल पक्राउ परेको प्रहरीले जनाएको छ ।
यसै गरी पक्राउ पर्नेमा ना.३ख.३६२२ न.को ढुङ्गा लोड सहितको टिपर र चालक जिल्ला धनुषा गा.वि.स.ढल्केवर वार्ड नं.९ मा बस्ने बर्ष २३ को दिपक कुमार यादव ना ३.ख.८८०२ नं.को ढुङ्गा लोड सहितको टिपर र चालक जिल्ला धनुषा गा.वि.स.ढल्केवर वार्ड नं.९ मा बस्ने बर्ष ३० को दिपक लामिछाने छन । वन तथा भु संरक्षण मन्त्री महेश आचार्यले चुरे क्षेत्रवाट ढुङ्गा निकाल्न रोक्ने आदेश दिए पछि प्रहरीलाई आग्रहरी गरिएको जिल्ला वन अधिकृत जिवनकुमार ठाकुरले वताउनुभयो । उनीहरुलाई कानुन अनुसार कारवाही हुन्छ ठाकुरे जानकारी गराउनुभएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !