पत्रकार महासंघ सिन्धुलीमा काफ्ले सर्वसम्मत

http://sindhulidarpan.blogspot.com/2014/03/journalist.html
ध्रुवचन्द्र खड्का, सिन्धुली फागुन २३ ।

अन्ततः पत्रकार महासंघ सिन्धुलीको अधिवेशन सहमतिमा टुंगिएको छ । द्धारिका काफ्लेको अध्यक्षतामा १२ सदस्य सिन्धुली शाखा गठन गरिएको हो । बाँकी एकजना पछि मनोनयन गरिने महासंघले जनाएको छ ।
वुधवार नै सम्पन्न गरिने भनिएको अधिवेशन संगठनहरुवीचको विवादले टुंगोमा पुग्न सकेको थिएन । त्रिपक्षिय चुनावी मैदानमा जाने करिव पक्कापक्की भएका वेला आकस्मिक वार्ता वसेर प्रेस चौतारीका द्धारिका काफ्लेको अध्यक्षतामा नयाँ सहमति जुटेको हो ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा युनियनका बाबुराम देवकोटा, सचिवमा युनियनकै राजन कार्की, सहसचिवमा क्रान्तिकारीका नविन श्रेष्ठ, कोषाध्यक्षमा क्रान्तिकारीका गणेश दर्जी सहमतिमा चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा ध्रुवचन्द्र खड्का, वरुण लामिछाने, लोकहरी आचार्य, अन्जु तामाङ्, चिना थापा, टिकाजंग थापा र माधव देवकोटा चयन भएका छन् ।
साथै केन्द्रिय सभाषदहरुमा राजकुमार कार्की, श्यामहरी अधिकारी, लीलानाथ घिमिरे, प्रमोद दाहाल, विनोद रायमाझि, प्रविण बुढाथोकी, सन्जय दाहाल र मिन कुमार दाहाल रहेका छन् ।
सवैलाई समेटेर सहमतिमा यस्तो कार्य समिति निर्माण भएकोमा सवै पत्रकार तथा राजनीतिक दलहरुले नयाँ कार्य समितिलाई वधाइ समेत दिएका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !