सिन्धुलीमा प्रचण्डले यसो भने




मिनकुमार दाहाल, सिन्धुली, माघ २४ ।

माघ २७ गते देशले नयाँ प्रधानमन्त्री नपाउने एमाओवादीका अध्यक्ष पुस्पकल दाहाल (प्रचण्ड)ले ठोकुवा गर्नुभएको  छ । २७ गते प्रधानमन्त्री बन्ने छाट मैले देखेको छैन । हिजो मात्र मैले एमाले र काँग्रेसका नेताहरुसँग कुरा गरेको थिए । उहाँहरु विच सरकार वनाउने विषयमा कुनै सहमती भएको पार्ईन, एमाओवादी अध्यक्ष प्रचण्डले भन्नुभयो ।

२७ गते देशले नयाँ प्रधानमन्त्री पाउन एमालेले उठाएका विषयमा नेपाली काँग्रेस मौन वसेको प्रचण्डको भनाई छ । दाहालले चुनाब जितेको सिराहा निर्वाचन क्षेत्र जादै गर्दा सिन्धुली पसेर कार्यकर्तालाई भेट्दै गर्दा यस्तो वताउनुभएको हो ।

माघ २७ गते संसदमा हुने प्रधानमन्त्रीको निर्वाचनमा एमाओवादी सहभागी नहुने वताउनुभयो । हामीले एमाले र काँग्रेसलाई मिलेर सरकार वनाउनुस् भनेका छौं । जनताले पनि त्यही म्यान्डेट दिएका छन् उहाँले भन्नुभयो ।

सरकार वनाउने गिराउने खेलमा एमाओवादी लाग्दैन । हाम्रो मुख्य लक्ष्य एक वर्ष भित्र संविधान संसदवाट घोषणा गराउन पहल गर्ने हो प्र्रचण्डले भन्नुभयो । संसदमा तेश्रो शक्ति भएको हैसीयतले सभामुख एमाओवादीले दावी गर्ने उहाँले वताउनुभयो  ।  अहिले सम्मको प्रचलन पनि तेश्रो शक्तीलाई सभामुख दिने चलन भएको उहाँको दाबी छ । 
परिवर्तित अवस्थामा राष्ट्रपति र उप–राष्ट्रपतिको चुनाउन हुनु पर्ने उहाँले वताउनुभयो ।

Related

प्रमूखखबरहरु 5088447065480117113

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item