सिन्धुलीका ९ विद्यालयलाई नमुना वनाईने

 मिनकुमार दाहाल, सिन्धुली, माघ २४ ।

जिल्ला शिक्षा कार्यालय सिन्धुलीले सदरमुकाममा रहेका नौ विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गर्ने तयारी गरेको जिल्ला शिक्षा कार्यालयले खुलासा गरेको छ । जिल्ला विकास समिति सिन्धुलीले आयोजना गरेको एक कार्यक्रममा जिल्ला शिक्षा अधिकारी चन्द्रप्रसाद लुईटेलले सो जानकारी गराउनुभएको हो ।

सदरमुकाममा रहेका कमला, गौमती, करकरे, गडौली, भिमान, पानीट्याङ्की, बरुणदेवी खट्टार र सिलामे माध्यमिक विद्यालयहरुलाई जिल्ला शिक्षा कार्यालयले नमुना विद्यालयको रुपमा विकास गर्न लागेको जिल्ला शिक्षा अधिकारी लुईटेलले वताउनुभयो  ।


सामुदायिक विद्यालयको पढाईमा गुणस्तर खस्कन थाले पछि जिल्ला शिक्षा कार्यालयले सदरमुकाममा रहेका मावि विद्यालयलाई नमुनाको रुपमा विकास गर्न थालेको हो ।

नमुना विद्यालय हुनको लागी शैशिक उपलब्धि , विद्यालयको बाहिरी वतावरण, विद्यालयको हाता भित्र विद्यालयको नक्सा, शिक्षक आचारसंहिता, शिक्षकको हातमा डायरी, शिक्षक विद्यालयमा उपस्थित हाजिरी आवश्यक पर्ने पनी अधिकारी लुईटेलले वताउनुभयो ।

नमुना वनाउ थालेका ती विद्यालयमा जिल्ला शिक्षा कार्यालयको विषय विशेषज्ञ सहितको टोलीले कक्षा अनुगमन तथा विद्यार्थीहरुले नवुझेको विषय पढाउने गरेका छन् ।

सदरमुकामका नौ विद्यालय मध्ये मावि गडौली दुई वर्ष देखी एसएलसी परिक्षामा निल भएको छ भने अन्य विद्यालयको परिक्षा फल ह्रासउन्मुख वन्दै गएको छ ।


Related

प्रमूखखबरहरु 7078460498525750500

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item