हिउँदमै काम नलाग्ने छन् सिन्धुलीका सडक


मिनुकमार दाहाल, सिन्धुली, माघ २२ ।

जिल्ला विकास समिती सिन्धुलीले निर्माण सुरु गरेका अधिकांस ग्रामिण सडकहरुमा हिउँद महिनामा पनि सहज तरिकाले यातायात संचालन गर्न समस्या भएको छ ।

जिविसले स्थानिय यातायत पुर्वाधार क्षेत्रगत कार्यक्रम अन्तरगत संचालित ठुलो गर्दुवा शान्तेश्वरी नेत्रकारी चौकीडाँडा, आडगढी नागी चालिसे नेत्रकाली चौकीडाँडा, डकाहा चकमके बाहुन्तीलपुङ्ग लोकमार्ग,चकमके आम्वोटे अरुण ककुर सडक र बाहुनतिल्पुङ्ग जोगीडाँडा दमार चित्रेनागी सडकमा अहिले पनि सहज यातायात संचालन हुन सकेको छैन ।


यि सडकहरुका जिल्ला विकास समितीले क्रमागत रुपमा वजेट विनियोजन गर्दै आएको छ । आडगढी नागी चालिसे सडक अन्तरगत संयुक्त राष्ट्र संघिय विकास कार्यक्रमले मझुवा गाविसको नागीमा आयोजना गरेको कार्यक्रममा सहभागी भएर सदरमुकमा फर्किएका जिपहरुलाई टुचन लगाएर तान्नु परेको थियो ।

युएनडिपीको टोइटा जिपले जिल्ला विकास समितीका योजना अधिकृत,जिल्ला पशु सेवा,घरेलु तथा साना उद्योग विकास समितीका प्रमुख चढेको गाडी टुचनले तानेर सदरमुकाम आएका थिए । सो सडक २०५७ साल देखी निर्माण गर्न सुरु गरिएको हो ।

 हाल सम्म करिव ७५ लाख रुपैयाँ खर्च भैसकेको जिल्ला विकास समितीका सह–लेखापाल रामवावु कार्कीले जानकारी दिए । यस वर्ष पनि सो सडकको लागी ११ लाख रुपैयाँ जिल्ला विकास समितीले विनियोजन गरेको छ ।

जिल्ला विकास समितीले खनेका ग्रामिण सडकहरु प्राविधिक निर्देशन विनानै डोजर अपरेटरले आफु खुसी उकालो ओरालोको ख्यालै नगरी खन्ने गरेको कारणले गर्दा ती सडकमा यातायात संचालन गर्न समस्या आएको छ ।

सदरमुकासँग जोड्न जिल्ला विकास समितीको लगानीमा निर्माण गरिएका सडकको स्तर उन्नती हुन नसक्दा ग्रामिण सडकहरुको हालत खराव भएको जिल्ला विकास समितीका योजना अनुगमन तथा प्रशासकिय अधिकृत सुरेन्द्र थापामगर वताउनुुहुन्छ  ।
स्थानिय उपभोक्ताले सडक खन्न मात्र ध्यान दिएका छन् । सडक जोगाने योजनालाई खासै ध्यान नदिदाँ साना गाडीहरुलाई पनि टुचन लगाएर तान्नु पर्ने अवस्था सृजना भएको योजना अधिकृत थापामगरको भनाई छ । सडकमा ग्राभल, सोलीङ्ग तथा सडकको दायावायाँ ढल नाला वनाए सडक संचालनमा समस्या नहुने जिल्ला विकास समितीका योजना अधिकृत थापामगर भन्नुहुन्छ । योजना अनुसारको वजेट छैन् । वजेट अनुसार उपभोक्ता समितीले खनेका सडकहरुको हालत यस्तै छ अधिकृत थापामगर वताउनुहुन्छ ।

Related

प्रमूखखबरहरु 7851285023442876712

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item