श्रमिक बालकको उद्धार तथा पुनःस्थापना

http://sindhulidarpan.blogspot.com/2014/03/sindhuli_14.html
सिन्धुली, फागुन ३० ।

समितिका संयोजक तथा कमलामाई नगरपालिका कार्यालय सिन्धुलीका कार्यकारी अधिकृत यूवराज आचार्यको अध्यक्षतामा शुक्रबार बसेको समितिको बैठकको निर्णय अनुसार बालकलाई उद्धार गरिएको समितीले जनाएको छ ।
कमलामाई नगरपालिका कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, महिला तथा बालबालिका कार्यालय, उद्योग वाणिज्य संघ सिन्धुली, सामुदायीक सेवा केन्द्र, होटल व्यवसायी संघ सिन्धुली, विपि यातायात सेवा समिति सिन्धुली, प्लान नेपाल, सामूहिक जनजागरण विकास कार्यक्रम सिन्धुली, रिलिफ नेपालका प्रमुख तथा प्रतिनिधी लगायतको टोलीले बालकको उद्धार गरेको हो ।
सिन्धुली जिल्लाको रतनचुरा गाविस वडा नं. ५ घर भएका बालक विश्वकर्मा उक्त होटलमा विगत १ महिना देखी काम गर्दै आएका थिए । उद्धार गरिएका बालकलाई शुक्रबार नै आफन्तको जिम्मा लागाइ घर फिर्ता गरिएको सामूहिक जनजागरण विकास कार्यक्रम सिन्धुलीका कार्यक्रम संयोजक पोष्टराज पहाडीले जानकारी दिए । बालकलाई सामूहिक जनजागरण विकास कार्यक्रम सिन्धुलीले २ जोर लत्ता कपडा, जुत्ता, झोला लगायतका सामग्रीहरु सहयोग गरेको छ ।
कमलामाई नगरपालिका सिन्धुलीको अगुवाई तथा प्लान नेपालको साझेदारीमा सञ्चालित निकृष्ट बालश्रम उन्मुलन परियोजना अन्तर्गत उद्धार गरिएका बालक विश्वकर्मा अब घर फर्केर स्थानिय विद्यालयमा अध्ययन गर्ने बालककी आमा शान्तामाया विश्वकर्माले बताइन । विश्वकर्मा अहिले स्थानीय जनता उच्च माध्यामिक विद्यालयमा कक्षा ३ मा अध्ययनरत छन् ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !