वहिरा विद्यार्थीलाई लत्ता कपडा

      

मिनकुमार दाहाल, सिन्धुली, चैत १५ ।

सिन्धुलीको कमलमाई नगरपालीका ६ जसेदमारमा रहेको महिरा विद्यालयमा पढ्ने विद्यार्थीहरुलाई शनिवार लायन्स क्लव काठमाडौंका पदाधिकारीहरुले लत्ता कपडा तथा १० हजार नगद सहयोग गरेका छन् । सिन्धुलीमा रहको वहिरा विद्यालय जनकपुर अन्चलकै आवास सहितको निशुल्क पढाई हुने एकमात्र विद्यालय हो । 

यस वहिरा विद्यालयमा ४३ छात्र र ३७ छात्रा सहित ८० जना विद्यार्थी अध्ययनरत छन् । लायन्स क्लव काठमाडौंका श्यामकृष्ण दाहालले वहिरा विद्यालयका विद्यार्थीको लागी ल्याएको विभिन्न किसीमका पोशाकहरु विद्यालयका प्रध्यानाध्यापमक विजय लामालाई हस्तान्तरण गरेका थिए ।

वहिरा विद्यालयलाई आवश्यक पर्ने थप सामाग्री विद्यालयसँग समन्वय गरे पछि पुन सहयोग गर्ने दाहालले विद्यालयलाई आश्वासन दिए । सो वहिरा विद्यालयमा जनकपुर अन्चलका ६ वटै जिल्ला र उदयपुर र सिराहा जिल्लावाट पनि वहिरा वालवालीका विद्यालयमा भर्ना भएको प्रध्यानाध्यापक लामाले वताए ।

विद्यालयमा विद्यार्थीको चाप थेग्न नसकेर गोरर्खा र पोखरामा रहेका वहिरा विद्यालयमा विद्यार्थी पठाउने गरेको प्रअ लामाले वताए । पठन पाठन गर्ने भवन र वालिका राख्ने होस्टल वनाउन लायन्स क्लवले सहयोग गरे गरिव दुःखीका वहिरा वालवालीकाले पढन् पाउने थिए लामाले क्लव पदाधीकारी वताएका थिए ।

Related

प्रमूखखबरहरु 806047442524474441

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item