अस्पताल बन्द गरेर कर्मचारी वेपत्ता

मिनकुमार दहाल, सिन्धुली, चैत २१ ।

सिन्धुलीको कमलामाई नगरपालीका–६ मा विगत चार वर्ष देखी संचालित सिन्धुली जनरल अस्पतालका कर्मचारी विहिवार राती अस्पताल व्यवस्थापनलाई जानकारी नगराई अस्पताल वन्द गरेर भागेका छन् । सिन्धुली जनरल अस्पतालमा एक चिकित्सक अब्दुल रहमान सहित पाँच जना कर्मचारी कार्यरत रहेको अस्पताल संचालक समितीका अध्यक्ष मीनबहादुर श्रेष्ठले वताए । सो अस्पतालले जनरल फिजिसियन सेवा दिदैं आएको थियो । अस्पतालको स्टोर मेडिकल भन्दा वाहेक सवै कोठाहरु खुल्लै छन् ।


बन्द भएका दुई वटा कोठाको साचोँचाँवी पनि बाहिर मिल्काएको अवस्थामा छ अस्पताल संचालक समितीका अध्यक्ष मीनवहादुर श्रेष्ठले भने । सेयर होल्डर मेघराज खतिवडालाई अस्पताल दैनिक संचालन गर्ने जिम्मा व्यवस्थापनले दिएको थियो । अस्पतालका शेयर होल्डर डाक्टर अव्दुल रहमान र प्रवन्ध निर्देशक खतिवडा पनि वेपत्ता भएका छन् ।

डाक्टर रहमान बारा जिल्लाका वासिन्दा हुन भने अतिवडा दोलखा जिल्लाका हुन । अस्पतालमा कार्यरत अन्य कर्मचारी अहेव र स्टाफ नर्स स्थानिय हुन । अस्पतालका पाँचै जना कर्मचारीको मोवाईल स्वीच अफ छ, संचालक समितीका अध्यक्ष मीनवहादुरले भने । वन्द रहेका  अस्पतालका दुई वटा कोठा खोल्न सो अस्पतालले  जिल्ला प्रशासन प्रतिनिधी मागेको छ ।

सो अस्पतालका शेयर होल्डर सिन्धुली क्षेत्र नम्वर दुईका सांसद मोहनप्रसाद वराल, स्थानिय निर्माण व्यवसायी मीनवहादुर श्रेष्ठ,संचार कर्मी संजय दाहाल, व्यापारी अर्जुन श्रेष्ठ, डाक्टर अव्दुल रहमान र मेघराज खतिवडा रहेका छन ।

Related

प्रमूखखबरहरु 9218661421334907093

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item