सिन्धुलीमा किताव विक्री भएन

मीनकुमार दाहाल, सिन्धुली, बैशाख १२ । 

 सिन्धुली जिल्लामा सामुदायीक विद्यालयको किताव विक्री नभएको पुस्तक व्यवसायीले वताएका छन् । कक्षा एक देखी दश सम्मका कितावहरु आएको एक हप्ता वितिसक्दा पनि किताव विक्री नभएको पुस्तक व्यवसायी वाशु भेटवालले वताए । सवै कक्षाका अधिकांस कितावहरु आइसकेको छ । विद्यालयका शिक्षक तथा विद्यार्थी किताव लिन आएका छैनन् । किताव आएको भन्ने जानकारी शिक्षक तथा विद्यार्थीलाई दिनु प¥यो काभ्रे भगवती पुस्तक पसलका प्रोपाईटर भेटवालले भने । 
साझा पुस्तक पसल जनकपुरवाट समयमै किताव ल्याएकोले सिन्धुलीमा कितावको समस्या छैन भेटवालले भने । कतिपय विद्यालयका शिक्षकहरुले सिन्धुलीमा किताव नपाएको गुनासो गरेका थिए । जिल्लामा किताव छैन भन्ने शिक्षकहरुले पुस्तक पसलमा गत वर्ष लगेको कितावको रकम तिर्न वाँकी भएकाले अभिभावकलाई ढट्ने गरेको पाईएको छ । 

प्रायः अधिकांस विद्यालयले पुस्तक पसलमा गत वर्षको रकम तिर्न वाँकी देखिन्छ । सिन्धुली सदरमुकाममा काभ्रेभगवती,उसा वुक्स,तिम्मलसीना वुक्स,प्रतिक्षा स्टेस्नरी, विक्रम स्टेशनरी, एटुजेड पुस्तक पसलले किताव विक्री गर्ने गरेको जिल्ला शिक्षा कार्यालयका सहायक जिसीअ देवीप्रसाद अधिकारीले वताए ।

 जिल्लाका ५ सय ६४ सामुदायक विद्यालयको लागी कक्षा ९ र १० को लागी ८२ लाख,कक्षा ६,७,८ को लागी ८८ लाख ९० हजार र कक्षा १,२,३,४,५ को लागी शिक्षा कार्यालयले ८८ लाख ३२ हजार रुपैयाँ को ७छ पचहत्तर प्रतिशत रकम निकासा दिसकेको सहायक जिसीअ अधिकारीले वताए । कक्षा १ को लागी १सय३३ रुपैयाँ २५ पैसा र कक्षा १० को लागी ४सय१७ रुपैयाँ १७पैसा प्रति विद्यार्थीको दरले रकम निकास भएको छ । 

व्यवसायीक धर्मले पनि विद्यालयको नाम भन्न मिल्दैन मेरो पसलमा १ लाख ७५ हजार गत वर्षको रुपैयाँ विभिन्न विद्यालयले तिर्न वाँकी रहेको सगमाथा वुक्स सेन्टरका कृष्ण ढुङ्गेलले वताए । काभ्रे भगवती पुस्तक पसलका भेटवालले भने मेरो पसलमा गत वर्षको २ लाख रुपैयाँ तिर्न वाँकी छ । समाचार लेख्दा विद्यालयको नाम उल्लेख नगरि दिन आग्रह गरे । यदी विद्यालयको नाम सार्वजनीक गर्दा हाम्रो पैसा नउठ्ने सम्भावना हुन्छ  भेटवालले भने । मरिण,तिनकन्या,मझुवा गाविस तिरका स्कुलको रकम उठ्न वाँकी छ विद्यालयको नाम नभनौं भेटवालले भने ।  

त्यसै उसा वुक्स का प्रोपाईटरले पनि केही विद्यालयसँग किताव रकम वाँकी रहेको वताए । गत वर्षको रकम तिर्न वाँकी भएकोले शिक्षकहरु किताव लिन नआएको ठहरु पुस्तक व्यवसायीहरुको छ ।  प्रावि धाप्सार का शिक्षक पुस्कर पोखरेल जिल्लामा किताव नपाए महोत्तरी जिल्लाको वर्दिवासमा गएर भए पनि खरिद गर्न वताए । कमला उमावि माईस्थान करकरेका शिक्षक गणुविक्रम कुवँरले वुधवार विद्यालयलले सवै विद्यार्थीलाई किताव वितरण गर्ने तयारी गरेको छ । हामीले महोत्तरीको वर्दिवासवाट किताव झिकाउने गरेका छौ कुवँरले भने ।
सिन्धुलीमा आवश्यक भन्दा वढी किताव पुस्तक व्यवसायीले ल्याएको शिक्षा कार्यालयका अधिकृत नवराज वरालले वताए । पुस्तक व्यवसायीहरुसँग हामीले केही दिन अगाडी शिक्षा कार्यालयमा वैठक गरेका थियौं वरालले भने ।

Related

प्रमूखखबरहरु 4266728715181890873

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item