अमेरिकामा बस्ने नेपालीले ल्याए सोसिएल साइट सगुन

काठमाडौ, साउन ८ ।  
अमेरिकामा रहेका नेपालीले स्थापना गरेको कम्पनी सगुन इंकले फेसबुक, ट्वीटर, ह्वाट्स एप, स्न्याप च्याट, इन्स्टाग्रामसहितका  मेसेजिङ साइटको विशेषता भएको सोसियल कम्युनिकेसन साइट सगुन डटकम सार्बजनिक गरेको छ । बलिउड नायिका मनिषा कोइरालाले आङ्खनो सन्देश पोस्ट गरेर साइटको सुरुआत गरेकी थिइन् ।

अमेरिकामा बसेर एप्लिकेशन निर्माण्ँमा जुटेका गोविन्द गिरीको नेतृत्वको नेपाली इन्जिनियरहरुको समूहले सगुन डटकम डेभलप गरेको हो । यस एप्लिकेशनलाई सूचनाको गोपनियतामा महत्वपुर्ण फड्को हुने गिरीले फोनबाट बताए । सगुनबाट पठाइने फोटो, सूचना शेयर गर्नासाथ डिलिट हुने उनले जानकारी दिए ।
यसमा आङ्खनो गोप्य कुरा, फोटोहरु परिवारका सदस्य, साथी र आङ्खनो समुदायका ब्यक्तिहरुलाई पोस्ट गर्न सकिन्छ । यसैगरी आङ्खनो समूह ब्यवस्थित गरेर टेक्स्ट,  फोटो र स्टिकरहरु आदान प्रदान गर्न सकिने विशेÈता यसमा छ । आङ्खनो दैनिकीलाई सेड्युलमा राखेर पार्टनर लगायतलाई शेयर गर्न सकिने सगुन इन्कका सस्थापक गिरीले जानकारी गराए ।

सगुन डटकममा क्लिक गरेर आङ्खनो अकाउन्ट खोल्न सकिन्छ । सगुनले बनाएको यो सोसियल म्यासेजिङ एपका अरु केही रोचक विशेÈता छन् । यसमा टप सेक्रेट  नामक एप छ, जसबाट हाम्रो दैनिक गोप्य स्टोरीहरु साथीभाई र परिवारलाई सेयर गर्न सकिन्छ । यो सुविधा अहिलेको सबैभन्दा चर्चित म्यासेजिङ एप इन्स्टग्रामले पनि दिन सकेको थिएन । ‘हामी दसैं, तीहार, छठ, क्रिसमश जस्ता चाडपर्व समूहमा रमाउ“दै मनाउ“छौं ।

तर, आङ्खना इमोशन, फोटोहरु आफन्तलाई ट्याग गर्ने वा सेयरिङ गर्ने सिस्टम थिएन,’ गिरीले भने, ‘यो कन्भरसेसन टुलका कारण्ँ अब तपाईस“गै भएका आफन्तस“ग मात्रै होइन, एउठा कोठामा बसी देशविदेशमा रहेका परिवार, आफन्त र साथीभाइको दुरीलाई घटाउन सक्नुहुनेछ । आङ्खना मेमोरेबल इभेन्टहरुलाई सेयर गर्न कस्टोमाइज्ड अप्सन पनि छ । यसले तपाईका प्रियजनलाई मात्रै दिनभरीको स्टोरी सेयर पनि यही एपले गरिदिन्छ । यसमा दैनिक सेड्युल वा साप्ताहिक सेड्युल एप पनि छ । 

अर्को विशेषता साना ठूला जुनसकुकै रिजोलुसनका फोटो भए पनि शेयर गर्न समस्या हुदैन । तीनवटा फोटोलाई एउटै फोटो बनाई सेयर गर्न सकिने सुविधा पनि यसको नौलो फिचर हो । एपबाट पठाइने फोटो, सूचना अत्यन्त गोप्य रहन्छन् । अर्को महत्वपुर्ण  फिचर हो, अल इन वन पेज । अर्थात् यसमा ग्रिटिङ एप, क्यालेन्डर जस्ता आवश्यक एप्स पनि यसमै समाहित भएकाले एउटै पेजबाट भेराइटी फिचर पाउन सकिनेछ । दैनिक आफूले गरेको कार्यलाई अब एपबाटै सेड्युलिङ गर्न सकिने गरी ल्याईएको यस एपलाई मोबाइल र डेस्कप दुवैमा चलाउन सकिन्छ । 
सगुनको सोसिएल एप्प टुडेज सेक्रेट युजरलाई उनीहरुका कथा परिवारका सदस्य र साथीहरुलाई शेयर गर्न मिल्ने गरि डेभपप गरिएको छ । यसै गरी स्मार्ट क्यालेन्डर, अल इन वन पेजले युजरलाई सबै कुरा एकै ठाउमा पाएको अनुभूति गराउछ । कम्पनीले युजरलाई आङ्खनो अभुभव शेयर गर्न र गतिविधिलाई ब्यवस्थित गर्न एउटै प्लेटर्फम उपलब्ध गराउने जनाएको छ । गिरी अमेरिकाको सुरक्षा निकाय पेन्टागनमा कम्प्युटर सेक्युरिटी सिस्टम हेर्ने इन्जिनियर हुन् । 
सगुन इन्कले शनिबार नयादिल्लीमा भब्य कार्यक्रम गरी दक्षिण एशिया क्षेत्रमा लंचिन कार्यक्रम गर्दैछ । त्यहा नायिका मनिषा कोइरालाले दक्षिण एशियाली मिडिया हाउससग अन्तक्र्रिया गर्दैछिन् । 

Related

राष्ट्रिय 1574028804120874568

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item