सिन्धुलीका ३० गाविस असफल

http://sindhulidarpan.blogspot.com/2014/07/sindhuli_24.html
मिनकुमार दाहाल, सिन्धुली, साउन ८ ।
सरकारले संघीय मामला तथा स्थानिय विकास मन्त्रालय अन्र्तगत स्थानीय निकाय वित्तिय आयोगको सचिवालयवाट निर्धारीत न्युनतम शर्त मापन पुरा गर्न नसक्दा जिल्लाका अधिकांस गााँउ विकास समिती एमसिपीएममा अनुतीर्ण भएका छन् ।
गाउँ विकास समितिको न्युनतम शर्त मापन तथा कार्य सम्पादन मापन कार्यविधी २०६६ अनुसार न्युनतम शर्त पुरा गर्न नसक्ने गाविसहरुले न्युनतम पुँजीगत अनुदान बाहेक थप पुँजीगत अनुदान नपाउने व्यवस्था उल्लेख गरिएको छ भने न्युनतम शर्तका सुचक पुरा गरेको तर कार्य सम्पादन मापनमा तोकिएको न्युनतम अंक प्राप्त गर्न नसक्ने गाविसहरुले प्राप्त गर्ने थप पुँजीगत अनुदानम २० प्रतिशतले कटौती हुने छ ।
सरकारले उक्त मापदण्डका लागि सवै गाविसले न्युनतम पनि तेह्र वटा सुचांक उर्तिण गरेको हुनुपर्ने व्यवस्था सहितको कार्यनिति लागु गरेको आधारमा सूचांकको परीधी भित्र रहेर मूल्याकंन गर्न पुगेको टोलीले गरेको मूल्याकंनको आधारमा गत आर्थीक वर्षमा सिन्धुलीका ५३ गाविसहरु मध्ये ३० वटा गाविस न्यूनतम शर्त मापनमा अनुतिर्ण भएका छन भने २३ वटा गाविस मात्र उतीर्ण भएका छन ।

सहभागितात्मक गाउँ विकास योजना तर्जुमा, निकाशा र खर्चको अवस्था, लक्षित समुह र क्षेत्रविकास कार्यक्रमको बजेट विनियोजना र क्षेत्र, आयव्यय विवरण सार्वजनिक, वार्षिक समिक्षा, निकासा प्रकृया, अन्तिम लेखापरीक्षण, आयव्यय तथा जिन्सी अभिलेख, समाजिक सुरक्षाभक्ता वितरण, व्यक्तिगत घटनादर्ता, नागरीक वडापत्र, पेश्की र वेरुजु, गाविसको वस्तुस्थिती विवरण र गुणस्तर सुनिश्चितता मापन गर्दा ३० गाविस असफल भएको भेटिएको हो ।
न्युनतमशर्त कार्यसम्पादनको नतिजामा अनुतिर्ण हुने कतिपय गाविसले गाउ“ परिषदबाट पारित निती तथा कार्यक्रम र बजेटसमेत सार्वजनिक नगरेको भेटिएको जिल्ला विकास समिति सिन्धुलीले जनाएको छ । न्यूतम शर्त मापन सफल वा असफल वनाउने भन्ने कुरा जिल्ला विकास समितिवाट खटेर गएको कतिपय मूल्याकंन कर्तामा पनि भर पर्ने गरेको र कतिपयबाट भने गलत मूल्याकंन रिर्पोट आउने गरेको तथ्यहरु पनि बाहिर आउने गरेका छन । यसरी न्युतम शर्त मापनमा अनुतिर्ण हुनुमा सम्वन्धित गाविस सचिव, स्थानिय राजनितिक दलका प्रतिनिधि मुख्य दोषी हुने गरेको जिविस सिन्धुलीले जनाएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !