कमलामाई नगरपालीका उत्कृष्ठ दशमा

http://sindhulidarpan.blogspot.com/2014/07/kamalamai.html
मिनकुमार दाहाल, सिन्धुली, साउन ५ ।
नेपाल सरकार संघिय मामला तथा स्थानिय विकास मन्त्रालय अन्र्तगत स्थानिय निकाय वित्तिय आयोगको सचिवालयवाट निर्धारित न्युनतम शर्त मापन तथा कार्य सम्पादन मापनमा कमलामाई नगरपालीका उत्कृष्ठ दश भित्र पर्न सफल भएको छ । विभिन्न दश सुचकहरुलाई आधार वनाएर एक सय पुर्णाङ्गकमा गरिएको मुल्याङ्गकन कमलामाई नगरपालीकाले ८० अंक ल्याएको कार्यकारी अधिकृत युवराज आचार्यले वताए ।
आर्थिक वर्ष २०६९/०७० को कार्यसम्पादन मुल्याङ्गकनमा उत्कृट भए पछि कमलामाई नगरपालीकालाई नेपाल सरकारले पुँजीगत अनुदान १५ प्रतिशतले वृद्धि हुने छ ।

अघिल्लो आर्थिक वर्षमा असफल भएपछि नगरवासीको आलोचनाको पात्र भएको नगरपालीकाले यस वर्ष मेहनतका साथ काम गरेकोले उत्कृष्ट दशमा पर्न सफल भएको उनि बताउछन् । ग्रेडीङ्गको आधारमा छैटौं स्थानमा र अंकका आधारमा नवौं स्थानमा पर्न कमलामाई नगरपालीका सफल भएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !