सिन्धुलीमा २२ करोड ९८ लाख रकम फ्रिज

http://sindhulidarpan.blogspot.com/2014/07/money.html
मिनकुमार दाहाल, सिन्धुली, साउन ५ ।
आर्थिक वर्ष २०७०/०७१ को लागी विभिन्न मन्त्रालयवाट जिल्लामा २ अरर्व ७१ लाख निकासा भएको रकम मध्ये २२ करोड ९८ लाख रुपैयाँ रकम फ्रिज भएको कोष तथा लेखा यिनन्त्रण कार्यालयले जनाएको छ ।

जिल्ला शिक्षा कार्यालयमा भौतिक पुर्वाधार अन्तरगत शौचालय निर्माणको ५ करोड रुपैयाँ फ्रिज भएको छ । त्यसै गरी जिल्ला विकास समितीमा ६६ लाख रुपैयाँ फ्रिज भएको स्थानिय विकास अधिकारी ध्रु्रववहादुर खड्काले वताए ।
जिविसमा सामाजिक सुरक्षा भत्ता ४४ लाख तथा पुँजी गत २२ लाख सहित ६६ लाख रुपैयाँ फ्रिज भएको खड्काले वताए । कोष तथा लेखा नियन्त्रण कार्यालय भवन निर्माण ४९ लाख ५५ हजार, खानेपाली ८२ लाख ८६ हजार, सिंचाई २६ लाख, स्वास्थ्य कार्यालयको चालु तर्फको १ करोड ४४ लाख रकम फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख दाहालले वताए ।
त्यसै गरी कमलामाई नगरपालीकाको १ लाख १२ हजार एलजिसीडिपी तर्फको रकम फ्रिज भएको कार्यकारी अधिकृत युवराज आचार्यले वताए । जिल्लाको सवै कार्यालयवाट धेर थोर वजेट फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !