सिन्धुलीका द्वन्द्वपीडितलाई घोर्ले बोका
http://sindhulidarpan.blogspot.com/2014/07/sindhuli_19.html
सिन्धुली, साउन ३ ।
जिल्लाका दुई गाविसका द्वन्द्व प्रभावितलाई आयआर्जनमार्फत आत्मनिर्भर बनाउन उन्नत जातका बोका वितरण गरिएको छ। उनीहरूलाई बोकासँगै डालेघाँस पनि वितरण गरिएको छ। द्वन्द्व प्रभावित गाविसमध्ये अमले र रानीचुरी गाविसमा उन्नत बोयर जातका दुईवटा बोका र डालेघाँसका बिरुवा वितरण गरिएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ।

जिल्लाका द्वन्द्व प्रभावित चार गाविसमा लागू भएको संयुक्त राष्ट्रसंघको कृषि तथा खाद्य संगठनअन्तर्गत दिगो शान्तिका लागि लैंगिक उत्तरदायी कार्यक्रमले जिल्ला पशुसेवा कार्यालयमार्फत उन्नत जातका बोका र डालेघाँस वितरण गरेको हो।
पशु सेवा कार्यालयका अनुसार महादेवस्थान, रानीचुरी, भद्रकाली र अमले गाविसमा यो कार्यक्रम लागू गरिएको छ। पहिलो चरणअन्तर्गत अमले र रानीचुरी गाविसका द्वन्द्वपीडितलाई बोका र घाँसका बिरुवा वितरण गरिएको लैंगिक उत्तरदायी कार्यक्रमकी प्रमुख एवं पशुविज्ञ डा. सीता आचार्यले बताइन्। वितरण गरिएको उन्नत जातको एउटै बोकाको मूल्य ढुवानीसहित ७५ हजार छ। ती गाविसका दुई सय २४ घरपरिवारलाई समूहमा आबद्ध गराई बाख्रापालनमा प्रोत्साहित गरिएको छ। - अन्नपूर्ण

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !