यस्तो छ सिन्धुलीमा बालुवाको राम कहानी

मिनकुमार दाहाल, सिन्धुली, साउन २१ । 
जिल्ला वन कार्यालयले खोला भित्रवाट बालुवा झिक्न नदिए पछि जिल्लामा निर्माण भैरका विभिन्न सरकारी कार्यालय तथा सर्वसाधारणको घर निर्माण प्रकृया रोकिएको छ । जिल्ला प्रशासन कार्यालय,जिल्ला विकास समिती, कोष तथा लेखा नियन्त्रण कार्यालय, राष्ट्रिय अनुसन्धान कार्यालय, जिल्ला खेलकुद विकास समितीको कवर्ड ढल, स्वास्थय कार्यालय, स्वास्थ्य चौकीहरु तथा विद्यालयका भवनहरु निर्माण भैरहेका छन् ।
जिल्ला वन कार्यालयले खोलावाट बालुवा झिक्न नदिए पछि वालुवाको अभाव भए पछि सरकारी भवन निर्माणको काम व्यवासायीले रोकेका छन् । जिल्ला प्रशासन कार्यालयमा वालुवा झिक्न नपाएको कारण विद्यालयका भवन वनाउन समस्या भएको गुनासो लिएर गएका व्यक्तीहरुलाई प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलले उनीहरुलाई आफ्नै समस्या सुनाए । 

जिल्ला प्रशासन कार्यालयको भवन निर्माण भैरहेको छ । वन कार्यालयले खोलावाट वालुवा झिक्न नदिदा भवन निर्माण कार्यप्रभावित भएको प्रजिअ पोखरेलले उनीहरुसँग उल्टै गुनासो गरे । वन कार्यालयले खोलावाट वालुवा झिक्न नदिए पछि भगवती वोडिङ्ग स्कुलका संचालक समिती जिल्ला प्रशासन कार्यालयमा भवन निर्माण गर्न समस्या भएको गुनासो लिएर गएका थिए । धेरै जिल्ला वसेर काम गरियो वनको यस्तो निमय थाहा भएन । वन कार्यालय असार असोज खोलावाट वालुवा निकाल्न पाइदैन भन्छ यस्तो नियम सिन्धुलीमा आएर मात्रै जानकारी पाईयो प्रजिअ पोखरेलले भने ।
त्यसै गरी पत्रकार लोकहरि आचार्य पनि बालुवा नपाएर घर निर्माण प्रकृया रोकीएको गुनासो गर्छन । जिल्ला वन कार्यालयले प्रति टिप वालुको १५० रुपैयाँ राजश्व भन्दै रकम उठाउने गरेको थियो । अहिले वन कार्यालयले लिने गरेको राजश्व १५० पनि लिदैंन खोलावाट वालुवा झिक्न पनि दिदैन । वन कार्यालयको कारण घर वनाउन समस्या भयो आचार्यले भने ।
प्रत्येक वर्ष जिल्ला भित्रको ढुङ्गा, गिट्टी, वालुको ठेक्का लगाउँदै आएको जिल्ला विकास समितीका स्थानिय विकास अधिकारी ध्रुववहादुर खड्का ढुङ्गा, बालुवा, गिट्टी जिल्ला वाहिर ल्यैजान मिल्दै, क्रसर तथा डोजर जंगलमा चलाउन नपाईने वताउँ छन् । जिल्ला भित्र आन्तरिक खपतको लागी खोलाबाट वालुवा झिक्न कुनै समस्या नपर्ने खड्का वताउँछन् ।  जिल्ला वन कार्यालयका प्रमुख जीवनकुमार ठाकुर स्थानिय बिकास मन्त्रालयले असार देखी अशोज खोला किनारवाट वालुवा नझिक्न नदिनु भन्ने परिपत्र आएकोले ढुङ्गा, गिट्टी वालुवा झिक्न रोक लगाएको वताउँछन् ।

Related

प्रमूखखबरहरु 6580080967891278299

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item