सिन्धुलीको भुईकटहरले वजार नपाएको गुनासो

मीनकुमार दाहाल, सिन्धुली, साउन २५ ।


जिल्लाको डाँडीगुराँसे गाविसमा उत्पादित स्थानीय कृषी उत्पादनले बजार नपाउदा त्यहाँका कृषक चिन्तित भएका छन् । उत्पादित बस्तुले बजार नपाउने समस्या भएपछि स्थानीय उत्पादन केरा तथा भुईकटहरको विक्रीगरि त्यहाँका किसानहरुले आम्दानी लिन सकेका छैनन् ।
केरा, भुईकटर खेतीबाट राम्रो आम्दानी गर्न सकिने सम्भावना भए पनि ब्यबसायिक खेती र उत्पादीत बस्तुले बजार नपाउँदा किसानले आम्दानी गर्न नसकेका हुन् । गाउँका युवा जनशक्ति रोजगारीका लागी विदेश पलाएन भएपछि गाउँका किसानहरुले ब्यबसायिक रुपमा केरा र भुईकटहरको खेती गर्न छाडेका छन् ।
गाउमा युवाहरु शहर मुखी भएको र दक्ष जनशक्तिको अभावले गर्दा ब्यबसायिक रुपमा खेती गर्न नसकिएको डाडिगुराँसे–५ काफ्लेटारकी किसान राधादेवी गौतमले बताइन् । बजारको उचित व्यस्था नहुँदा स्थानीय रुपमा अत्याधीक उत्पादन हुने भुइकटहर र केरा अहिले  बाँदरको आहारा भएको र यसलाई संकलन र विक्रि गरी आम्दानी गर्न समस्या भएको गौतमको भनाई छ ।

अहिले युवा तथा युवतिहरुले स्कुल तहको शिक्षा पछि जागीरका लागी बाहिर जाने भएकाले स्थानीय स्तरमा खेती बाट आम्दानी गर्न नसकिएको काफ्लेटारका अर्का किसान प्रकास चौलागाईले बताए । सकारी तथा गैरसरकारी निकायले विभिन्न तालिम गोष्ठि मार्फत किसानलाई जनचेतना जगाई कृषिमा क्रान्ति ल्याउने कदम चाले मात्र किसानले केरा, भुइकटहर तथा अन्य फलफुल बाट राम्रो आय आर्जन लिन सक्ने चौलागाईको तर्क छ ।
डाँडीगुरासेमा बत्तिसे, चिनिया बत्तिसे, मर्चे जातका केरा तथा भुईकटहर पनि राम्रो उत्पादन हुने किसानहरुले बताएका छन् । किसानहरुका लागि विभिन्न संघ संस्था तथा कृषि सहकारी च्याउ झै जन्माए पनि ग्रामिण क्षेत्रमा रहेका किसानहरुलाई कृषि संघ सस्थाहरुले किसानहरुलाई मार्गनिर्देशन गर्न भने नसकेको कृषकहरुको गुनासो छ ।
कृषि संघ सस्थाहरु शहरमुखि र कृषि संस्था खोल्ने होडवाजी गर्नु भन्दा संञ्चालीत संस्थाहरुले ग्रामिण वस्तिका किसानहरुलाई आधुनीक प्रणाली तथा ब्यबसायिक रुपमा कृषी पेशा गर्न अभिप्रेरीत गर्ने हो भने युवाहरुको विदेश पलाएनको समस्या सहज बन्दै जाने छ ।

Related

प्रमूखखबरहरु 5419450580729963748

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item