सिन्धुलीमा बाढीले वृद्धलाई वगायो

http://sindhulidarpan.blogspot.com/2014/08/sindhuli.html
सिन्धुली, साउन २९ ।
मंगलबार रातीदेखी लगातार परेको अविरल वर्षाले सिन्धुलीमा एक जनाको ज्यान गएको छ। पाँच घर पहिरोले पुरेको छ। अविरल वर्षासँगै आएको कमलानदीको बाढीले बगाउँदा हतपते-७ का करिब ६२ वर्षीय भक्त बहादुर श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख डिएस्पी नरेन्द्रप्रसाद उप्रेतीले हत्पतेबाट कमलावारी निपानेतर्फ आउँनेक्रममा श्रेष्ठलाई नदीले बगाए बताए।
'नदीमा यो वर्षकै ठूलो बाढी आएको छ, पुल नहुँदा पौडी खेलेर नदी तर्न नसक्दा श्रेष्ठलाई बगाएको हो,' उप्रेतीले भने, 'नदीमा पानी धेरै भएका कारण उनलाई उद्धार गर्न नसक्दा ज्यान गएको छ। उनको शव करीब एक सय मिटरतल निपानेमा भेटिएको प्रहरीले जनाएको छ।
यस्तै वर्षाका कारण जिल्लाको कपीलाकोट र महादेवस्थानमा गरी पाँचघर पहिरोले पुरेको छ। महादेवस्थानमा एक घर र कपिलाकोट-९, का पवित्रा तिमल्सेना र लालबहादुर गोलेको घर पहिरोले पुरेर पूर्णरुपमा क्षती पगेको स्थानीयले बताए। अन्य दुई घर पनि पहिरोले पुरेको भएपनि विस्तृत विवरण आउन बाँकी छ। यस्तै वेलघारी गाविसका सेरबहादुर रम्तेलको गोठ पहिरोले बगाएको छ।
पहिरोले घरगोठ बगाएपछि उनीहरू विस्थापीत भएका छन्। वर्षातका कारण जिल्लामा के कति क्षेती भएको भन्ने सम्पूर्ण विवरण आइनसके पनि वर्षा भइरहेकाले उच्च शतर्कता अपनाउन भनिएको छ। यसैबीच कमला र मरिण नदीका कारण जिल्लाका झण्डै एक दर्जन गाविस तीन दिनदेखि सदरमुकामसँगको सम्बन्धबाट विच्छेद भएका छन्।
कमला र मरिण नदीमा यो वर्षकै ठूलो बाढी आएकाले यी नदीमा अहिलेसम्म पुल नहुँदा सदरमुकाम आवतजावत गर्न नसक्दा सम्बन्ध टुटेको हो। - अन्नपुर्ण पोस्ट
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !