भाषणनै भाषणमा वालदिवस मनाईयो - उमा पौडेल

-  सिन्धुलीमा यसपाली पनि बाल दिबस सभागृहमा बालबालिकाको बिषयमा भाषण गरेरै मनाईयो  बाल दिबसको अवसरमा सिन्धुलीमा यतिमात्र भएको भने पक्कै होईन । जिल्लामा बालबालिकाको क्षेत्रमा काम गर्छो भनेर बसेरधेरै संघसंस्थाहरुले हाजिरी जवाफ  बक्तृत्वकला र चित्रकला प्रतियोगिता पनि सम्पन्न गरे । के वालबालिका भनेका स्कुलमा पढ्ने मात्रै हुन्  यदि हैनन् भने अन्य सडक बालबालिकालाई पनि कार्यक्रममा समाबेस गराईनुपर्ने हो । यति सम्म कि बालबालिकाको क्षेत्रमा काम गर्ने धेरै पुराना संघसंस्थाहरुसँग पनि सिन्धुलीमा बालश्रमिकको संख्या कति छ भन्ने एकिन तथ्याङक छैन  तथ्याङको बारेमा कुराकानि गर्दा जहिले पनि संघसंस्थाहरुको काम गर्ने प्रयास मात्र हुन्छ  तर काम भने अहिलेसम्म पनि पुरा भएको पाईएन ।

 बालअधिकार कर्मिलेहरु दिनहु जसो सिन्धुलीका ठुलाठुला जुस सेन्टरहरुमा गएर जुस खाने गर्दछन् तर त्यहि पसलमा काम गर्ने र उहाहरुलाई जुस दिने श्रमिक बालबालिका नै हुन्छन् । यसको अर्थ बालअधिकार कर्मिले हरुले नै उनिहरुलाई श्रममा लगाए चाहि भन्न खोजेको हैन  ती बालबालिका प्रति अधिकारकर्मिहरुको कत्तिको जिम्मेवारी हुन्छ भनेर बुझ्न मात्र चाहेकि हु । बाल अधिकारको क्षेत्रमा काम गर्ने धेरै ब्यक्तित्वहरुलाई मिठो लाग्ने बिभिन्न चिया तथा खाजा पसलहरुमा पनि बाल श्रमिकहरु उत्तिकै भेटिन्छन् । र उनिहरुको पसिनाबाट मिठो चियाको स्वाद लिने अधिकारकर्मिहरु पनि । श्रमिक बालबालबालिकाको कुरा बालअधिकारकर्मि सँग गर्यो भने जहिले पनि तथ्यांकको कुरा निस्कन्छ  यदि श्रमिकको समस्या समाधानको प्रारम्भिक प्रयास तथ्यांक संलकन नै हो भने खै त अधिकारकर्मिहरु तथ्यांक संकलनका लागि कहाँ आतुर देख्ािन्छन्  
यी त सिन्धुली सदरमुकामका श्रमिकका कु्राहरु भए  अब एकैछिन् गाँउले बालबालिकाको प्रसँगलाई जोडौ  सिन्धुली सदरमुकाममा आज बालदिबसको दिन धुमधामका साथ गितहरु बजे केहि बालबालिकाहरु नाँचे पनि । तर गाउका कतिपय बालबालिकालाई आज बाल दिबस भन्ने कुराको जानकारी नै छैन  के बालबालिकाको लागि आएको बजेट सहरि क्षेत्रको लागि मात्र हो  त्यहि अधिकारको उपयोग ग्रामिण भेगका बालबालिकाले गर्न पाउने कि नपाउने  यहि ढँगबाट बाल दिबस मनाउदै जाने हो भने चाहि वाललिकाको र बालअधिकारको परिभाषा नै फेर्नुपर्छ ।

 १६ बर्ष मुनिका बालबालिकाले पाउनुपर्ने अधिकारलाई बालअधिकार नभनि १६ बर्षमुनिका स्कुलमा पढ्ने बालबालिकाले उपयोग गर्ने अधिकार लाई बालअधिकार भनियोस् अनिमात्र कागजमा लेखिएको बालअधिकारको परिभाषा र ब्यवहारमा लागु भएको बालअधिकार मिल्दो जुल्दो हुन्छ । नत्र भए कागजी एउटा मान्यता अनि अर्को ब्यवहार यो भने पटक्कै सुहाउदैन ।  
फेरी बालदिबसमा स्कुलमा पढ्ने बालबालिकालाई सहभागि गराईनुहुन्न चाहि पटक्कै भन्न खोजेकि हैन  कुन चै पहिलो आवश्यकता हो भनेर ध्यानाकर्षण गराउन मात्र खोजेकी मात्र हुँ  खान नपाएका लाई खान दिनु पहिलो आवश्यकता हो या ब्यक्तित्व बिकासको लागि आयोजना गरिने चित्रकला मुल्यांकन गर्ने जिम्मा तपाई पाठक बर्गहरुलाई ।  

अर्को बालदिबस फेरी २०६९ भाद्र २९ गते मनाईन्छ  अहिलेको बालदिबसको अवसरमा आयोजित एक कार्यक्रममा धेरै अधिकारकर्मिहरुले बालश्रमिकको सम्बन्धमा काम गर्ने भनेर एउटा प्रतिबद्धता समेत ब्यक्त गर्नूभएको छ । अब उहाहरुको कुरा कत्तिको लागु हुन्छ  हेर्ने काम हाम्रो ।  
अधिकार समाबेसि रुपमा उपयोग गर्न पाउनुपर्छ  बालदिबसमा श्रमिक बालबालिकादेखि स्कुलमा पढ्ने बिद्यार्थिले पनि रमाउन पाउनुपर्छ । अझ श्रमिक बालबालिकाले पनि स्कुलमा गएर पढ्न पाउनुपर्छ  त्यसको लागि चाहे अधिकारकर्मिहरुले सरकारको ढोका घचघच्याउन नै किन जानु नपरोस्। । बालअधिकारकर्मिहरुको प्रतिबद्धता अनुसार कत्तिको बालश्रमिकको जिवनमा सुधार आउने हो  त्यो हेर्ने पालो हामि सबैको । 

Related

विचाररसाहित्य 9130164010102644083

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item