समझदारीलाई अध्यक्ष प्रचण्ड र उपाध्यक्ष भट्टराईले उल्लंघन गरेको गजुरेलको आरोप

https://sindhulidarpan.blogspot.com/2011/09/news_16.html
रमा कार्की
३० भदौ सिन्धुली । एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेलले भारतीय चाहनामा माओवादी र मधेशी मोर्चाका बीच सरकार निर्माणमा भएको सहमति गलत भएको बताउनुभएको छ । सचिव गजुरेलले सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाढीमा आयोजित पत्रकार भेटघाटमा धोविघाट गठबन्धनबाट बाबुराम भट्टराई प्रधानमन्त्री बन्न सफल भए पनि बैठकको भावना विपरित गएको आरोप लगाउनुभयो ।
हतियार भण्डारण गरिएको कन्टेनरहरुको सा“चो काईते, किर्ते र छलछाम गरेर बुझाउने कार्यले पार्टीमा आत्मसमर्पणवादी नीति हावी भएको बताउँदै नेता गजुरेलले यस कार्यले जनसेनाको अपमान र उनीहरुको भावनामा चोट पुर्याएको दावी गर्नुभयो । पत्रकार भेटघाटका क्रममा नेता गजुरेलले आफ्नो कार्यक्रममा पार्टी अध्यक्ष पक्षधरका नेता कार्यकर्ताले बाधा बिरोध जारी राखे पार्टी एकतामा आ“च आउन सक्ने समेत संकेत गर्नुभयो ।
वैद्य पक्षधर नेता गजुरेल कर्याकर्ताहरुसंगको भेटघाटका क्रममा पूर्वाञ्चल हुँदै पार्टीकै एक सा“स्कृतिक कार्यक्रममा सहभागी हुन सिन्धुली पुग्नुभएको हो । नेता गजुरेलले सरकारमा जानु अघि दलका नेताहरुका विचमा भएको समझदारीलाई अध्यक्ष प्रचण्ड र उपाध्यक्ष वावुराम भट्टराईले उलंघन गरेको समेत आरोप लगाउनुभएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !