प्रधानमन्त्री भट्टराईद्वारा संसदलाइ सम्वोधन

https://sindhulidarpan.blogspot.com/2011/09/poltical_16.html
३० भदौ काठमाडौँ । प्रधानमन्त्री डाक्टर वाबुराम भट्टराइले तीन महिनामा शान्ति प्रक्रिया पूरा गरी नयाँ संविधानको पहिलो मस्यौदा तयार गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रधानमन्त्री निर्वाचित भएपछि पहिलो पटक आज संसदलाई संबोधन गर्दै प्रधानमन्त्री भट्टराइले शान्ति र संविधानलाई निष्कर्षमा पु¥याउन दलहरुबीच विकल्प नभएको बताउनुभयो ।
उहाँले तीन महिनाभित्र शान्ति प्रक्रियालाई पूरा गर्ने, संविधानको पहिलो मस्यौदा ल्याउन र जनतामा व्याप्त निराशा हटाई तत्काल राहत दिनुजस्ता चुनौतिका पहाड आफू अगाडि रहेको बताउनुभयो । दलहरुबीच सहमति भए शान्ति प्रक्रिया पूरा गर्न सकिने बताउँदै प्रधानमन्त्रीले समायोजनको संख्या र पुनस्र्थापना प्याकेजमा सहमति भएमा शान्ति प्रक्रियाका अन्य काम गर्न सकिने बताउनुभयो ।
संविधान निर्माणका लागि सदनलाई सहयोग गर्न सरकार प्रतिबद्ध रहेको भन्दै संविधानसभाको जनादेश सबैलाई मिलेर जाउ भन्ने रहेकोले कसैलाई उपेक्षा गरेर अघि बढ्न नसकिने बताउनुभयो । थपिएको तीन महिनामा संविधानको पहिलो मस्यौदा ल्याउनु अहिलेको राष्ट्रिय आवश्यकता रहेको भट्टराइले बताउनुभयो । प्रधानमन्त्रीले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासंग भएको चार बुदे सहमति कार्यान्वयका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै सशस्त्र द्वन्दकालमा घटेका घटनाको छानविनका लागि सत्य निरुपण तथा बेपत्ता छानविन आयोग गठन गरिने बताउनुभयो । लगानीका लागि वाताबरण बनाउन र औद्योगिक सुरक्षाका लागि सरकारले उपयुक्त वाताबरण बनाउने प्रधानमन्त्रीले बताउनुभयो । नेपाली अर्थतन्त्रले लिनुपरेको संकटलाई अन्त्य गर्न निजि क्षेत्रको भूमिकालाई प्रभावकारी बनाउने र आगामी बर्षलाई लगानी बर्षको रुपमा मनाउने प्रधानमन्त्री भट्टराइको भनाइ थियो । स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग संचालनका लागि पहलगर्ने उल्लेख गर्दै आफुले चढ्ने गरेको मूस्ताङ म्याक्सको प्रयोग सस्तो लोकप्रिय नभई राष्ट्रिय अर्थतन्त्रलाई प्रोत्साहन गर्नका लागि प्रयोगमा ल्याएको बताउनुभयो । पञ्चशीलका आधारमा छिमेकी दुई मुलुकसँग समान सम्बन्ध कायम गर्ने, सबैसंग सुमधुर सम्बन्ध राख्ने र नेपाली भूमी कसैका बिरुद्ध प्रयोग हुन नदिने प्रधानमन्त्रीले स्पष्ट गर्नुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !