तामाकोशी जलविद्युत आयोजना निर्धारित समयमै सम्पन्न हुने

शेरबहादुर भुजेल
 ३१ भदौ दोखला ।  माथिल्लो तामाकोशी जलविद्युत आयोजनालाई निर्धारित समयमै सम्पन्न गर्ने आयोजना प्रमुख मिगेन्द्रबहादुर श्रेष्ठले बताउनु भएको छ । दोलखाको लामावगर गाविसमा निर्माण हुन लागेको आयोजना पाँच वर्ष भित्र सम्पन्न हुने लक्ष्य राखिएको छ । आज दोलखा सदरमुकाम चरिकोटमा स्थानीय सञ्चारकर्मीसँग आयोजना प्रमुख श्रेष्ठले निर्धारित समय आगामी सन् २०१५ भित्रमै बिजुली बालेर देखाउने प्रतिवद्धता जनाउनु भएको हो । 

चार सय ५६ मेगावाट विद्युत उत्पादन हुने र स्वदेशी लगानीमै निर्माण हुन लागेको देशकै चर्चित विद्युत आयोजनाको गत जेठ ४ गने तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले  शिलान्यास गर्नु भएको थियो । आयोजना जोड्ने दोलखा सिंगटी लामावगर सडक निर्माण र स्तरवृद्धिमा कमजोरी भएकाले सडक अवरुद्ध भएपछि आयोजनाको काममा अवरोध भएको जानकारी दिदै आयोजना प्रमुख श्रेष्ठले तोकिएको लागत रकम ३५ अर्ब, ५९ करोडमै आयोजना सम्पन्न हुने बताउनुभयो । हाल सडक अवरुद्ध भएकाले मर्मत सम्भार गरी यातायात सञ्चालन गर्ने क्रम तीब्र गतिमा भइरहेको श्रेष्ठको भनाइछ । 

आयोजना निर्माणका लागि कर्मचारी सञ्चय कोषले दस अर्ब, नेपाल टेलिकमले छ अर्ब, नागरिक लगानी कोषले दुई अर्ब, राष्ट्रिय बीमा संस्थानले दुई अर्ब लगानी गर्ने छन् भने बाँकी नपुग रकम नेपाल सरकार, सर्वसाधरण नागरिक र दोखलावासीले लागनी गर्ने छन् ।  




Related

स्थानिय 7938568857056717809

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item