खुल्ला प्रतिष्पर्धाबाट संस्थानमा नियुक्त गर्न निर्देशन
https://sindhulidarpan.blogspot.com/2011/09/poltical_17.html
३१ भदौ काठमाडौँ । संसदको सार्वजनिक लेखा समितिले संस्थानहरुमा खुल्ला प्रतिपष्र्धाबाट नियुक्ति गर्न सरकारलाई निर्देशन दिएको छ । समितिले आज बसेको बैठकले तत्काल राजनीतिक नियुक्ति बन्द गर्न सरकारलाई निर्देश गरेको हो । समितिले मापदण्ड खुल्ला गरी कार्यकारी प्रमुख लगायत पदाधिकारीहरु खुल्ला प्रतिष्पर्धाको माध्यमबाट गर्न भनेको हो ।
सिंहदरबारमा मन्त्रीपरिषद कार्यालयका साथै अर्थ र उद्योग मन्त्रालयलाई यस्तो निर्देशन दिएको समिति सभापति रामकृष्ण यादवले जानकारी दिनुभयो । साथै उहाँले राजनीतिक नियुक्ति गर्दा भ्रष्टाचार र अनियमितता बढ्नुका साथै सेवाग्राहीले सर्वसुलभ सेवा पाउन नसकेकाले यस्तो निर्णयमा पुगिएको बताउनुभयो । बैठकमा अर्थमन्त्री वर्षमान पुन, अर्थ सचिव कृष्णहरि बाँस्कोट तथा उद्योगमन्त्री र सचिवलाई बोलाएर समितिले व्यवस्थापकीय कमजोरीका कारण दूरावस्थामा पुगेका संस्थानहरुको प्रगति विवरण प्रत्येक १५ दिनमा समितिमा पेश गर्न पनि भनेको छ ।
अर्थमन्त्री पुनले संसदीय समितिको निर्णय सकारात्मक भएको भन्दै यसलाई पालना गर्ने बताउनुभयो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !