चलचित्र " मैना " अब दक्षिण कोरियामा प्रदर्शन हुने

टीका पुन मगर
 असोज १ दक्षिण कोरिया । नेपालमा भएको शसस्त्र  युद्धको कथालाई आधार बनाएर निर्माण गरिएको  सत्य घटनामा आधारित नेपाली कथानक चलचित्र "मैना" अब दक्षिण कोरियामा प्रदर्शन  हुने भएको  छ।

एकिकृत माओबादीको  कोरिया स्थित भात्री   संगठन नेपाली जन अधिकार मंचको आयोजनामा प्रदर्शन गर्न लागिएको  सो चलचित्रमा खासगरी युद्धताका शाशकहरुले बिद्रोही पक्षलाइ  गरेको  दमनलाई देखाइएको   छ। मुख्य त राज्य पक्षले २०६० फाल्गुन ७  मा पक्राउ गरि चरम यातना दिएर मृतु भएकी  काभ्रेकी  १५  बर्षीय  मैना सुनुवारको हत्या काण्डलाई मुख्य बिषय बस्तु बनाएको  छ । उक्त घटना पछी आएर अन्तराष्ट्रिय मुद्धा बनेपछि राज्य पक्षले मैनालाई नियन्त्रणमा   लिएको   भनेर स्वीकार गरेको थियो।


के पी पाठकले निर्माण गर्नु भएको चलचित्र "मैना "  यूरोपको विभिन्न देशहरुमा प्रदर्शन भए पछी दक्षिण कोरियामा प्रदर्शन हुन लागेको हो । यूरोपियन देशहरुमा "मैना " ले दर्शकहरुको राम्रो साथ पाएको थियो। संचारकर्मीसंग कुरा गर्दै मंचका उपाध्यक्ष  दिपक पुनले यूरोपियन देशहरुमा जस्तै कोरियामा  पनि चलचित्र "मैना " ले दर्शकहरुको माया पाउने  बिश्वास लिएको बताउनुभयो।

Related

मनोरञ्जन 2694302488432940309

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item