मधेशी दल राष्ट्रिय अखण्डताविरुद्ध लागेको चित्रबहादुर केसीको आरोप
https://sindhulidarpan.blogspot.com/2011/09/news_18.html
१ असोज बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मधेशवादी दलले राष्ट्रिय अखण्डताविरुद्ध बार्गेनिङ गरिरहेको आरोप लगाउनुभएको छ । पार्टीले आज बुटवलमा गरेको पत्रकार भेटघाटमा नेता केसीले तीन ठूला दल एमाओवादी,कांग्रेस र एमालेको कमजोरीको फाइदा उठाएर मधेशवादी दल क्षेत्रीय स्वार्थको खेलमा लागेको दावी गर्नुभयो ।
सरकार गठनका बेला एमाओवादी र मधेशी मोर्चाबीच भएको चारबुंदे सम्झौता पनि मधेशवादीको बार्गेनिङको परिणाम भएको नेता केसीको भनाई छ । माओवादी लडाकुलाई उचित रकम दिएर समाजमा पुनस्थापना गर्न उपयुक्त हुने तर्क गर्दै अध्यक्ष केसीले नेपाली सेनामा समायोजन गर्न नहुनेमा जोड दिनुभयो । माओवादी लडाकुलाई अहिले समायोजन गर्दा भविष्यमा अन्य जातीय संगठन र सशष्त्र समूहले समेत समायोजनको माग गर्नसक्ने हुंदा समायोजन गर्न नहुने स्पष्ट पार्नुभयो ।
नेपालमा संघीयता लागु गरे देश नै नरहने पार्टीको पुरानै तर्क दोहो¥याउदै नेता केसीले पार्टीले संघीयताविरुद्ध देशव्यापी जनदवाव आन्दोलन शुरु गर्ने बताउनुभयो । लामो समयदेखि स्थानीय निकाय जनप्रतिनिधिविहीन भएकाले चुनाव गर्नुपर्ने माग समेत अध्यक्ष केसीले गर्नुभयो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !