कालोवजारी रोक:प्रधानमन्त्री

https://sindhulidarpan.blogspot.com/2011/09/news_15.html
२९ भदौ,काठमाडौं
प्रधानमन्त्री डा. बावुराम भट्टराईले दशैं नजिकिदै गर्दा विभिन्न जिल्ला जाने यातायातका साधनको टिकटमा कालोबजारी हुन नदिन सम्बन्धित सचिवलाई निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्रीले कालोबजारी तत्कालै रोकी सर्वसाधारणलाई टिकट पाउने वातावरण बनाउन श्रम तथा यातायात मन्त्रालयका सचिवलाई निर्देशन दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
श्रम सचिव रामहरि अर्याललाई आफ्नो कार्यकक्षमा बोलाई आज प्रधानमन्त्रीले नयाँ बसपार्क पुरानो बसपार्क कलंकी लगायत काठमाडौंका सबै बस स्टेशनहरुमा भइरहेका कालोबजारी र ठगीलाई तत्कालै रोक्ने निर्देशन दिनुभएको हो ।
सरकारका तर्फबाट प्रभावकारी अनुगमन गरी कालोबजारी गर्ने र टिकट सकिएको बहाना गर्नेलाई तुरुन्त कारबाही गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ । मंगलबारमात्र उहाले इमेलमा नयाँ बानेश्वर बस्ने प्रेम केसीले टिकटमा भइरहेका कालोबजारी रोक्न माग गर्दै प्रधानमन्त्रीलाई गुनासो पठाउनुभएको छ । इमेललाई गंम्भीरतापूर्वक िलंदै प्रधानमन्त्रीले सर्वसाधारणलाई परेको मर्का हटाउन श्रम तथा यातायात सचिवलाई निर्देशन दिनुभएको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !