मन्त्री नआएपछि संसद प्रभावित

https://sindhulidarpan.blogspot.com/2011/09/political_15.html
२९ भदौ,काठमाडौं
समयमा मन्त्रीहरु नआएपछि व्यवस्थापिका-संसदमा आज मन्त्री उपस्थित नभएपछि बैठक केही समयका लागि स्थागित भएको छ । बैठकको शुरुमै प्रमुख विपक्षी दल कांग्रेसका प्रमुख सचेतक लक्ष्मणप्रसाद घिमिरेले मन्त्रीहरुको अनुपस्थितिका कारण बैठकमा उठेका प्रश्नको जवाफ कसले दिने भनेर रुलिङको माग गर्नुभएको थियो ।
सभामुख सुवास नेम्बाङले संसदमा विनियोजित बजेटमाथि हुने छलफलमा उठेका प्रश्नको जवाफका लागि मन्त्रीहरुको अनिवार्य उपस्थिति हुनुपर्नेमा कुनैपनि मन्त्रीको उपस्थिति नहुनु दुःख लाग्दो भएको उल्लेख गर्दै यसतर्फ सरकारको ध्यान आकृष्ट गराउनुभएको छ । ऋाधा घण्टाको स्थगन पछि शुरुभएको बैठकमा बिनियोजन बिधेयक माथि छलफल भएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !