सिन्धुलीमा निशुल्क आँखा शिबिर २९५ जनाको परिक्षण

२९ भदौ,सिन्धुली दर्पण

तीन  दिने निशुल्क आँखा शिविर आज देखी सिन्धुलीमाढीमा सुरु भएको छ । नेपाल रेडक्रस सोसाईटी सिन्धुली जिल्ला शाखाको आयोजना एबं तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौं  जानकी आँखा अस्पताल जनकपुर र हेटौडा आँखा अस्पतालको प्राबिधिक सहयोगमा भएको सिबिरमा आज २९५ जना आँखा बिरामिहरुले जाच गरेका छन् । 

आँखा जाच गराउनेमद्ये ८० जनामा मोतियाबिन्दुको समस्या देखिएको नेपाल रेडक्रस सोसाईटि सिन्धुली शाखाका सभापति अशोक श्रेष्ठले बताउनुभयो । साथै उनिहरुको आँखाको अप्रेशन भोलि गरिने समेत उहाँले जानकारी दिनुभयो । आँखाका अन्य रोगिहरुलाई पनि आजै औषधि बितरण गरिएको छ । शिबिरमा सिन्धुली जिल्लाका अधिकांस गाबिस  छिमेकि जिल्लाहरु रामेछाप  महोत्तरि  सर्लाहिबाट पनि बिरामिहरु आउने गरेका छन् । शिबिर पसिसम्म संचालन हुने आयोजकले बताएका छन् ।

Related

समाज दर्पण 5795222202807624537

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item