शान्ति प्रक्रियामा भएको ढिलाईप्रति एमालेको ध्यानाकर्षण

https://sindhulidarpan.blogspot.com/2011/09/poltical_15.html
२९ भदौ काठमाडौँ । नेकपा एमालेले शान्ति प्रक्रियाका सम्बन्धमा भइरहेको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराएको छ । व्यवस्थापिका संसदको आज बसेको बैठकको सुरुमै सभामुखसंग समय लिएर नेकपा एमाले सभासद अग्नी खरेलले प्रधानमन्त्री वाबुराम भट्टराइले शान्ति प्रक्रिया टुङ्गाउने भाषण गरेपनि छलफल गर्नुपर्ने ठाउँ सेना समायोजन विशेष समितिको बैठक बोलाउन ढिलाइ गरेको बताउनु भएको हो । ४५ दिनमा शान्ति प्रक्रिया पूरा गर्ने प्रतिवद्धता विपरीत लामो समयदेखि विशेष समिति नबोलाउनुले आशंका पलाएको बताउनुभयो ।
आफूहरु शान्ति प्रक्रियाका सम्बन्धमा विपक्षीले रचनात्मक सहयोग गर्न तयार रहेपनि प्रधानमन्त्रीले सहयोग नमागेको खरेलले टिप्पणी गर्नुभयो । संविधानको सपत लिएका महान्याधिवक्ताले पार्टी कार्याकर्ताले जस्तो द्वन्दकालका मुद्दा फीर्ता लिने अभिव्यक्त दिएर संविधान विपरित गएको आरोप लगाउनुभयो । महान्यायाधिवक्ताका अभिव्यक्ति संसदमा विचाराधीन विधेयकको विरुद्धमा समेत रहेको भन्दै उहाँले सरकारको जवाफ माग गर्नुभयो् । बैठकमा माओवादी सभासद सरदसिंह भण्डारीले स्थानियवासीको विरोधका बावजुद सरकारले माथिल्लो र्णाली जलविद्युत आयोजना भारतीय कम्पनीसंग सर्भेक्षण लाइसेन्स दिएर
राष्ट्रघात गरेको टिप्पणी गर्नुभयो ।
मुलुक संघीयतामा प्रवेश गर्दै सरकारले सेना प्रयोग गरेर फेरि पनि भारतीय कम्पनीलाई दिने निर्णय भए स्थानिय जनताले विरोध जनाउने उहाँले चेतावनी दिनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !