१२ किलो गाँजा सहित दुइजना पक्राउ

विश्वनाथ ठाकुर,२१ भदौ,सर्लाही


सशस्त्र प्रहरीले आज बिहान सर्लाहीको कविलासी ९ स्थित गैर बजारबाट १२ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल सुरक्षा बेस फरहदवाले जनकपुरबाट मलंगवातर्फ आउँदै गरेको ना २ ख ५८८१ नम्बरको जगदम्बा ट्राभल्सबाट गाँजा ओसारपसार गर्ने दुई जना व्यक्ति र १२ किलो गाँजा नियन्त्रणमा लिएको हो ।


 हिजो पनि सशस्त्र प्रहरीको टोलीले गैर बजारबाटै सर्लाहीको बयलबासबाट मलंगवातिर आउँदै गरेको को।१ ख १८१५ नम्बरको यात्रुबाहक बसबाट बेबारिसे अवस्थामा राखिएको २२ किलो गाँजा बरामद गरेको थियो । 

Related

स्थानिय 8506307107211924357

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item