शान्ति र संविधानमा कांग्रेस-एमाले एक ठाउँमा
https://sindhulidarpan.blogspot.com/2011/09/news_7835.html
२१ भदौ,काठमाण्डौ
दुई ठूला विपक्षी दल नेपाली कांग्रेस र नेकपा एमालेले शान्ति प्रकि्रया र संविधान बनाउने कुरा संगसंगै अगाडि बढ्नुपर्ने धारणा अघि सार्दै सरकारको कार्यशैलीमा आफुहरुको सहयोग भरपर्ने जनाएका छन् ।
िसंहदरवारस्थित एमाले संसदीय दलको कार्यालयमा आज बसेको दुई विपक्षी दलको बैठकले संवैधानिक समिति अन्तर्गतको उप-समिति र लडाकु समायोजन सम्बन्धि बिशेष समितिको बैठक बरावरी बसेर दुबै बिषयलाई एकरुपताका साथ अगाडि बढाउनुपर्ने निष्कर्ष निकालेका हुन् । सरकारले शान्ति प्रकि्रयका बिषयमा ठोस निर्णय गर्ने संकेत देखाईरहेका समयमा ठूला विपक्षी दलले हेर र पर्खको नीति अवलम्वन गरेका छन् ।
बैठक पछि साचारकर्मीसंग कुरागर्दै एमाले अध्यक्ष झलनाथ खनालले शान्ति र संविधान निर्माणका पक्षमा सरकाले गर्ने काम र बिश्वासको बातावरणमा सहयोग भरपर्ने बताउनुभयो । उहाँले शान्ति र संविधान निमार्णका बिषयमा सहयोग रहने भन्दै दुवै विषय एकसाथ अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।त्यसै गरेर कांग्रेस केन्द्रीय सदस्य अर्जुनरिसंह केसीले राज्यको पुनस्रंरचना गर्न बनाउने भनिएको विज्ञ समूह गठनका लागि एमाले र कांग्रेस तयार रहेको भन्दै शान्ति प्रकि्रयाका बिषयपनि तदारुकताका साथ अगाडि बढ्नुपर्ने बताउनुभएको छ । उप-समिति जस्तै बिशेष समिति पनि कि्रयाशील गराउन माग गर्ने सहमति दुई दलवीच भएको उल्लेख गर्नुभयो । शान्ति र संविधान निर्माणका बिषयमा सरकारलाई एउटै दृष्टिकोणका साथ हेर्ने नीति बनाएका कांग्रेस र एमालेको बैठकमा एमाले वरिष्ठ नेता माधबकुमार नेपाल र केपी ओली भने अनुपस्थित रहेका थिए ।
बैठकमा कांग्रेसबाट सभापति सुशील कोइराला वरिष्ठ नेता शेरबहादुर देउवा कृष्णप्रसाद सिटौला अर्जुननर िसंह केसी तथा एमालेबाट अध्यक्ष झलनाथ खनाल उपाध्यक्ष बामदेव गौतम महासचिव ईश्वर पाखरेल लगायतका नेताहरुको सहभागीता रहेको थियो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !