यूवा संघमा डन भएको पुष्टि गर्न गृहमन्त्रीलाई यूवा संघ अध्यक्षको चुनौती
https://sindhulidarpan.blogspot.com/2011/09/news_08.html
२२ भदौ,काठमाडौ
पत्रकार सम्मेलनमा यूवा संघ नेपालका धनुषाकाकार्यकर्ता माथवर सिह मुखिया चितवनका सन्जय लामा सन्तोष श्रेष्ठ र अनेरास्ववीयू बाँकेका कार्यकर्ता विष्णुविक्रम शाहीको हत्या भएको राजधानीको बागबजारमा अनेरास्ववीयूका केन्द्रीय सदस्य कमल बस्नेतमाथि संघातिक आक्रमण भएको बाँके सचिव नितेश लामिछाने विक्रम गुरुङमाथि पनि सांघातिक आक्रमण भएको त्यसैगरी पछिल्लो समयमा चितवनमा कमल पाठकमाथि तरुण दलका अध्यक्ष शिव पौडेलको नेतृत्वमा आक्रमण भएको घटना समेत राज्यले कुनै वास्ता नगरेको आरोप लगाउँदै आफूहरु आन्दोलनमा जान बाध्य हुन थालेको दावी गरिएको थियो ।
यूवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले आफ्नो संगठन भित्र कुनै डन र आपराधिक ब्यक्ति भए प्रमाणित गरेर देखाउन गृहमन्त्री विजयकुमार गच्छदारलाई चुनौति दिएका छन् । उहाँले गृहमन्त्रीले सबै पार्टीमा डनहरु रहेको भनि दिएको अभिब्यक्ति तर्फ लक्षित गर्दै आफ्नो संगठन भित्र डनलगायतका आपराधिक तत्व भए कानूनी विधीबाट प्रमाणित गरेर देखाउन चुनौति दिनुभएको हो । उहाँले भन्नुभयो बोलेर हुँदैन विधी सम्मत ढंगले प्रमाणित गरेर देखाउनु पर्छ । विराटनगरमा पत्रकारमाथि भएको आक्रमणको घटनालाई लिएर यूवा संघलाई बदनाम गर्ने योजना बुनिएको भन्दै जनआन्दोलन पछि कति पत्रकारको हत्या भयो कतिमाथि आक्रमण भयो भन्ने विषयमा सर्वेक्षण गरी यथार्थ सार्वजनिक गर्नु पर्ने धारणा राखे । उनले भने-कति पत्रकारको श्रीमतिकै अगाडि हत्या भएको छ ।
संखुवासभामा फेरि पत्रकार कुटिएका छन् । नयाँ पत्रिकाको कार्यालयमा आक्रमण गरिएको छ । यो कुरालाई नजरअन्दाज गर्न मिल्दैन । विराटनगर काण्डमा त हामिले दुई जानलाई प्रहरीलाई बुझाएका छौ । यूवा संघ नेपालले आफ्ना कार्यकर्तामाथि हत्या र आक्रमणको घटना बढेको भन्दै सरकारले सुरक्षाको प्रत्याभूत नगरे आन्दोलनमा उत्रने चेतावनी दिएको छ । यूवा संघ नेपालले आज रिपोर्टस्र क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरे शान्ति सुशासनर जनताको जिउधनको सुरक्षाकेालागी जिम्मेवारी बोकेको सरकार दिशाहिन बन्न थालेको आरोप लगायो ।
पत्रकार सम्मेलनमा यूवा संघ नेपालका धनुषाकाकार्यकर्ता माथवर सिह मुखिया चितवनका सन्जय लामा सन्तोष श्रेष्ठ र अनेरास्ववीयू बाँकेका कार्यकर्ता विष्णुविक्रम शाहीको हत्या भएको राजधानीको बागबजारमा अनेरास्ववीयूका केन्द्रीय सदस्य कमल बस्नेतमाथि संघातिक आक्रमण भएको बाँके सचिव नितेश लामिछाने विक्रम गुरुङमाथि पनि सांघातिक आक्रमण भएको त्यसैगरी पछिल्लो समयमा चितवनमा कमल पाठकमाथि तरुण दलका अध्यक्ष शिव पौडेलको नेतृत्वमा आक्रमण भएको घटना समेत राज्यले कुनै वास्ता नगरेको आरोप लगाउँदै आफूहरु आन्दोलनमा जान बाध्य हुन थालेको दावी गरिएको थियो । पत्रकार सम्मेलनमा यूवा संघका कार्यकर्तामाथि आक्रमण गर्ने तरुण दल चितवनका अध्यक्ष शिव पौडेलसहितकालाई कारवाही गरी घाईतको उपचारको ब्यवस्था गर्नु पर्ने हत्या गरिएका को परिवारलाई राहत र हत्यारालाई कारवाही र नेपाली जनताको जिउ धनकोसुरक्षा गर्न ठोस कदम चाल्न सरकार सँग माग गरिएको थियो । अन्यथा यूवा संघ आन्दोलनमा जाने उनीहरुको चेतावनी थियो । यूवा संघले पछिल्लो समयमा मुलुकमा अपराध जबरजस्त रुपमा स्थापित हुन थालेको भन्दै सुरक्षा ब्यवस्था कायम गर्न सहभागिता मुलक सुरक्षा निती लागु गर्न माग पनि गरेको छ । यूवा संघले आजै अपरान्ह तीन बजे बागबजारबाट जुलुस सहित चारबजेबाट एक घण्टा रत्नपार्कमा चक्का जाम गर्ने र साँझ पाँच बजे प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम समेत तय गरेको छ । उसले आजै विहान ११ बजे देशै भरीका जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापन पत्र बुझाउने र एक बजे देशै भरीका सदरमुकाममा चक्काजाम समेत गरिसकेको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !