वेलघारी अस्पताल डाक्टर बिहिन

२२ भदौ,सिन्धुली दर्पण

सिन्धुलीको बेलघारीस्थित  क्षेत्रिय अस्पताल डक्टर बिहिन हुदा स्थानीय बिरामीहरुलाई समस्या परेको छ । अस्पतालका डाक्टर प्रसान्त सर्मा बिगत ६ महिनादेखि अस्पतालमा नहुदा बिरामिहरुलाई समस्या भएको हो । बेलघारीमा अहिले टाउको दुख्ने  ज्वरो आउने  झाडापखाला लगायतका बिरामिको चाप पनि उत्तिकै बढ्दो छ तर कार्यालयमा डाक्टर नहुदा उनीहरुलाई स्वास्थ्य सेवा उपभोग गर्न समेत समस्या भएको छ ।

 कतिपय बिरामीहरु स्वास्थ्य परिक्षणका लागि सिन्धुली सदरमुकाम आउने गरेको स्थानीय धनबहादुर मोक्तानले जानकारी दिनुभयो । १३ जनाको दरबन्दि रहेको उक्त अस्पतालमा हाल ६ जनामात्र कर्मचारीहरु रहेका छन् । बेलघारीमा रहेको उक्त अस्पतालमा भिमस्थान  मझुवा  बालाजोर  लंगुरखोला  चकमके छर्छरे लगायतका स्थानका बिरामिहरु उपचारको लागि आउने गरेको अस्पतालले जनाएको छ । 

Related

समाज दर्पण 3729091071448272283

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item