लण्डनको नर्थ वेस्ट कलेज रेडिंगमा १२ देश भन्दा बढीका बिद्यार्थीहरुको भेला सम्पन्न

बिजय शर्मा दर्पण
 भदौ २२ लण्डन  ।  गत ५ सेप्टेम्बर तारिख सोमबारका दिन बेलायतको रेडिंगमा अबस्थित नर्थ वेस्ट कलेजका  बिद्यार्थीहरुको भेला सम्पन्न भएको छ  ।  १२   देश भन्दा बढीका  बिद्यार्थीहरु पढ्ने उक्त कलेजमा सबै देशका बिद्यार्थहरुको गृष्मकालीन भेटघाट बेलायतमा भएका कलेजहरु मध्ये पहिलो पटक नर्थ वेस्ट कलेज रेडिंगले गरेको हो  । नेपाली विद्याथीहरुको बाहुल्यता रहेको उक्त कलेजमा कार्यक्रमलाई सफल र स्मरणीय बनाउन मुख्य गरि प्राचार्य यादब श्रेष्ठ र शिक्षक त्रिलोचन गौतमका साथै नेपाली तथा फिलिपिन्सका विद्याथीहरु लागिपरेका थिए ।

बेलायतमा पहिलो पटक बिध्यार्थीहरुले गरेको उक्त भेलामा सम्पूर्ण साथी भाईहरुलाई आधिकारिक रुपमा कार्यक्रमको सुरुवात त्रिलोचन गौतमले गर्नुभएको थियो भने उद्घोषण  मित्र राना र रचना लामाले गर्नु भएको थियो नेपाली राष्ट्रिय गीतबाट सुरुवात  भेलामा २०० भन्दा बढी बिद्यार्थीहरुको भलाकुशारी र जोस जागरले धेरै नै रमणीय बनेको थियो ।

 त्यस्तै गरि फिलिपिन्स ,भारत,पाकिस्तानका राष्ट्रिय गीतहरु पनि बजाईएको थियो  नेपाली लोक संस्कृति लाई चिनाउने अभिप्रायले नेपाली बिध्यार्थीहरुले आफुमा भएको कला खुलेर देखाएका थिए । सीता श्रेष्ठले नचाहेको  गीतको बोलबाट नाच सुरु भएको उक्त भेलामा सबैलाई आकर्षित बनाएको गोबिन्द गर्बुजा नाच्नु भएको कमेडी गीत मा धेरैको आँखा नाचेको थियो  ।  त्यस्तै नेपाली बिध्यार्थिहरु बद्रि र उर्मिलाले झ्याउरे गीतमा नाच देखाएर कार्यक्रम लाई झन् हौसला दिनु भएको थियो । नेपालको चर्चित फिल्म गीत छीत्को सारी मखमली चोलिले बोलको ट्रयाक गीतमा राजकुमार के सी र मनिषा काउचा ले फिलिपिन्स ,पाकिस्तानी,इन्डियन तथा सम्पूर्ण बिद्यार्थीहरुलाई नचाएका थिए ।

 त्यस्तै फिलिपिन्स का बिद्यार्थी टिना र कर्लोजले फिलिपिन्सका चर्चित गीतहरु सुनाएका थिए  ७ वोटा देशका गीतहरु बजेको उक्त भेलामा सबै बिद्यार्थी हरुले रोचक मानेर ध्यांपुर्बक हेरेका थिए  । ३० मिनट लामो नाटक देखाएर बिशाल आचार्य ,नबराज र अरु ५ जनाको समुहले सबै बिद्यार्थीहरुलाई निकै नै हसाएका थिए । नेपालका कलेजमा गरिने भेला भन्दा केहि कम नभएको बेलायेती भेलामा नेपाली बिद्यार्थीहरुले विभिन्न नेपाली तथा अंग्रेजी गीतहरुको कन्सर्ट जितेन,बल्लब,अमित लगायतले गरेका थिए ।

कार्यक्रमलाई अझ रोचक बनाउनका लागि राफल ड्र को समेत आयोजना गरिएको थियो  । कार्यक्रमको अन्त्यमा   युवा बिद्यार्थीहरुलाई भरपुर मनोरंजन दिन डिस्को पार्टी को समेत व्यवस्था गरिएको थियो  ।सबै देशका बिद्यार्थीहरुले लिएको खुशी र मनोरंजन देखेर कलेजका प्राचार्य यादब श्रेष्ठले आफुलाई  धेरै नै खुसि लागेको बताउनु भयो  । कार्यक्रमको अन्तिम मा सबै जनाले सामुहिक नृत्य गरि भरपुर मनोरंजन लिदै अर्को वर्षमा पनि यस्तै कार्यक्रम गर्ने बाचा गर्दै बिदा भएका थिए ।

(लेखक उक्त कलेजमा अध्यनरत बिद्यार्थी हुन्)

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item